२०८३ वैशाख ६ , आइतबार
स्वास्थ्य

हानिकारक तहमा पुग्यो वीरेन्द्रनगरको बायु प्रदुर्शन



सुर्खेत । सुर्खेतमा पनि बायु प्रदुशन हानिकारक तहमा पुगेको छ । केही दिनदेखि आकाश नखुल्ने, बादल लाग्ने गरेको वीरेन्द्रनगरमा बाबु प्रदुशन हानिकारक तहमा पुगेको हो । वीरेन्द्रनगर वरपरको हावामा मानव स्वास्थ्यलाई असर गर्ने तहमा पुगेको छ ।
बायु प्रदुशन मापन अनुसार ० देखि ५० सम्म तहलाई स्वथ्यकर, ५१–१०० सम्म मध्यम १०१–१५० सम्म संवेदनशील अर्थात मानिसका लागि अस्वस्थ मानिन्छ । त्यस्तै २०१–३०० को तहलाई धेरै अस्वस्थ र ३०१ भन्दा माथि खतरना मानिन्छ । तर १५१–२०० अस्वस्थ मानिन्छ । तर पछिल्लो केही दिनदेखि वीरेन्द्रनगरको हावामा बायु प्रदुर्शनको मात्र १८७ पुगेको छ ।

वीरेन्द्रनगरको बायु प्रदुर्शनको अवस्था ।

सामान्य स्वस्थ मानिसलाई धेरै असर गर्दैन । तर बालबालिका, बुढाबुढी, दम वा फोक्सोका बिरामीलाई समस्या हुन सक्छ । लामो समय बाहिर बस्दा खोकी, आँखा पोल्ने, सास फेर्न गाह्रो हुन सक्छ ।
सोही कारण धेरै धुलो भएको ठाउँमा मास्क लगाउन, बाहिर धेरै समय नबस्ने, बिहान–बेलुका व्यायाम गर्दा हावा सफा भएको बेला गर्नु र घरभित्र झ्याल बन्द गरेर धुलो कम राखेर सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुको आग्रह छ ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार