२०८३ वैशाख ६ , आइतबार
चुनावी ड्युटी सकियो

निर्वाचन प्रहरीको सम्मानसहित बिदाइ गरिने



प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन अहोरात्र खटिएका निर्वाचन प्रहरीहरू अब आफ्नो घर फर्कने भएका छन्। निर्वाचन सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका यी सुरक्षाकर्मीहरूलाई जिल्ला प्रहरी कार्यालय सल्यानले सम्मानस्वरूप प्रशंसा पत्र वितरण गर्दै बिदाइ गर्ने भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले  बिहीबार बिहान ११ बजे कार्यालय परिसरमै एक औपचारिक कार्यक्रम आयोजना गरेको छ। निर्वाचन सेलले एक सूचना जारी गर्दै सुरक्षामा खटिएका सबै प्रहरीहरूलाई अनिवार्य रूपमा आफ्नो पोसाक (युनिफर्म) मै उपस्थित हुन आग्रह गरेको छ।

यसपटक सल्यानको चुनावी सुरक्षालाई कडा बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।  निर्वाचनको अवधिभर जिल्लाका विभिन्न मतदान केन्द्र र अति संवेदनशील मानिएका ठाउँहरूमा खटिएर उनीहरूले कुनै अप्रिय घटना हुन दिएनन्। उनीहरूको यही योगदानको कदर गर्दै प्रशंसा पत्रसहित स-सम्मान बिदाइ गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार