२०८३ वैशाख ५ , शनिबार
सुर्खेतमा लोकतान्त्रिक खेलकुद संघको अधिवेशन

अध्यक्षमा श्रीधर केसी सर्वसम्मत निर्वाचित



सुर्खेत । नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ सुर्खेतको अध्यक्षमा श्रीधर केसी निर्वाचित भएका छन् । बिहीबार वीरेन्द्रनगरमा भएको प्रथम जिल्ला अधिवेशनले केसीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कम्मबहादुर अधिकारी, महिला उपाध्यक्षमा खगिसरा घर्ती, सचिवमा रमेश रायमाझी, कोषाध्यक्षमा शैलेन्द्र रेग्मी र सहसचिवमा विजय सुनार निर्वाचित भएका छन् ।
सदस्यहरुमा गोविन्दबहादुर चन्द, डिला चपाई, जानकी विक, कुमार जिसी, रोशन वली, पुष्पा खड्का, हर्कबहादुर सार्की, तिलक पुन, नेत्रबहादुर चौधरी, जीवन ढकाल, राधा शाही, गणेश बुढा, हिक्मतबहादुर मल्ल र नन्दकला खत्री चयन भएका छन् ।

प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार