२०८३ वैशाख ६ , आइतबार
कर्णालीको चुनावी नतिजा

खेर गयाे ४३ हजार मत : उपलब्धि बिहीन बन्याे मतदाता शिक्षामा



सुर्खेत। यही फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिमतिर पुग्दै गर्दा कर्णाली प्रदेशमा एउटा नमीठो चित्र देखिएको छ यार। प्रदेशका १० जिल्लामा मात्रै प्रत्यक्ष र समानुपातिकतर्फ गरी कुल ४३ हजार ५ सय मत बदर भएका छन्। हजारौँ मतदाताले दुःख गरेर हालेको अमूल्य मत प्राविधिक गल्तीका कारण रद्दीको टोकरीमा पुग्नु भनेको सानो कुरा होइन।

प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्क हेर्ने हो भने कर्णालीका सबै जिल्लामा प्रत्यक्षभन्दा समानुपातिकतर्फ मत बदर हुने संख्या निकै बढी देखिएको छ। दुई निर्वाचन क्षेत्र रहेको हाम्रो राजधानी सुर्खेतमा मात्रै प्रत्यक्ष र समानुपातिक गरी १० हजार ४०७ मत बदर भए, जहाँ १ लाख ४२ हजार समानुपातिक मत खसेको थियो। छिमेकी जिल्ला दैलेखको हाल पनि उस्तै छ, त्यहाँ ८१ हजार मत खसेकोमा ९ हजार ८९२ मत काम नलाग्ने गरी बदर भए। दैलेखका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार त्यहाँ धेरैजसो मतदाताले एउटै मतपत्रमा दुईवटा चिह्नमा छाप लगाएको पाइएको छ।

त्यस्तै जाजरकोटमा ६ हजार ४४४ र सल्यानमा ६ हजार ४८० मत बदर भएका छन् भने कालीकोटमा ३ हजार ८४३ मत बदर भएको तथ्याङ्क छ। रुकुम पश्चिममा प्रत्यक्षतर्फ खसेको ५९ हजार ५२३ मतमध्ये ३ हजार १६ मत बदर भएको छ भने जुम्लामा प्रत्यक्षतर्फ १ हजार ७०५ र समानुपातिकतर्फ १ हजार ३३२ मत बदर भएका छन्। हिमाली जिल्लाहरूको कुरा गर्दा मुगुमा ८४६, हुम्लामा झन्डै ८०० र डोल्पामा ५१३ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

२०७९ को तुलनामा बदर मतमा ४ प्रतिशतले सुधार आएको दाबी गरिए पनि ४३ हजार मत खेर जानुले धेरै कुरा सोच्न बाध्य बनाएको छ। कर्णाली प्रदेश मुख्य निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार मतदाताले आफूलाई मन परेका जति वटा चिह्नमा पनि छाप लगाइदिने गरेकाले यस्तो समस्या देखिएको हो। उनले मतदाता शिक्षा दिने समय पनि कम भएको र मतदाताहरूले पनि अलि लापरबाही गरेको बताएका छन्। अझै पनि रुकुम पश्चिम र डोल्पाको समानुपातिक मतगणना हुन बाँकी रहेकाले यो बदर मतको संख्या अझै बढ्न सक्ने देखिन्छ सम्धीज्यू।

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार