२०८३ वैशाख ६ , आइतबार
सुर्खेतमा साना दलको बिजोग

नेकपासहित २४ जना उम्मेद्वारको जमानत जफत, ७ जनाले ५० मत नै ल्याएनन्,



सुर्खेत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुर्खेतका अधिकांँश उम्मेद्वारको बिजोग हुन पुगेको छ । साना र भर्खर जन्मिएकादेखि बर्षाैदेखि जरा काडेका उम्मेद्वारले धरौटी समेत जोगाउन सकेका छैनन्
सुर्खेतका दुई वटै क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वारसहित कुल २४ जना उम्मेद्वारको धरौटी जफत भएको हो । क्षेत्र नं. १ मा नेकपाका उम्मेद्वार जीत बहादुर राना र क्षेत्र नं. २ मा झकबहादुर मल्लको पनि धरौटी जफल भएको छ ।

रानाले २ हजा ८२८ र मल्लले कुल ४ हजार ५८७ मत ल्याएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) बमोजिम कूल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेद्वारको धरौटी जफत हुने व्यवस्था छ ।
सुर्खेत क्षेत्र नं. १ मा कुल १ लाख २२ हजार ९०२ जना मतदाता भए पनि ६८ हजार ७१० जनाले मात्रै मतदान गरेका थिए । खसेको कुल मतमध्ये २ हजार ४८३ मत बदर हुँदा ६६ हजार २२७ मत मात्रै सदर भएको थियो । सदर मत ६६ हजार २२७ को १० प्रतिशत अर्थात ६ हजार ६२२ भन्दा कम मत ल्याउने सबै उम्मेद्वारको धरौटी जफत भएको हो ।
त्यस्तै सुर्खेत क्षेत्र नं. २ मा कुल १ लाख २६ हजार ४१ जना मतदाता भए पनि कुल ७० हजार ८९३ मत खसेको थियो । खसेको मतमध्ये ६७ हजार ६२२ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत भन्नाले ६ हजार ७६२ भन्दा कम मत ल्याउने उम्मेद्वारको धरौटी जफत भएको हो ।

नेकपाका उम्मेद्वार बाहेकका अन्य उम्मेद्वारले त निकै कम मत ल्याएका छन् । दुई वटै क्षेत्र गरी ७ जना उम्मेद्वार म्मेद्वारले ५० प्रतिशत मत नै कटाउन सकेका छैनन् । जसमध्येमा पर्दछन् प्रकाश बुढा मगर । उनी सुर्खेत क्षेत्र नं. १ मा मितेरी पार्टी नेपालबाट उम्मेद्वार बनेका थिए । तर उनले जम्मा २१ मत मात्रै ल्याए । त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार गज बहादुर खपतडी मगरले पनि २६ मत मात्रै ल्याए । उनी पनि सुर्खेत क्षेत्र नं. १ बाट नै उम्मेद्वार बनेको थिए ।
सुर्खेत क्षेत्र नं.१ मा आम जनता पार्टीका उम्मेद्वार रमेश सेन्चुरीले ११२, उज्यालो नेपाल पार्टीका ठम्मर बहादुर विष्टले २५१, राष्ट्रिय जनमोर्चाका मोहन थापाले ३२१, जनता समाजवादी पार्टी नेपालका धर्मसिंह सार्कीले ३५४, श्रम स.सकृति पार्टीका विर बहादुर रानाले ६४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि हमाल ठकुरीले १ हजार ४९ मत ल्याए ।

१३ उम्मेद्वार मध्ये तीन जना (राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंह (१४,७२९), नेपाली कांग्रेसबाट विजयी भएका विष्णुबहादुर खड्का (२६,८९७) र नेकपा एमालेका उम्मेद्वार ध्रुवकुमार शाही (१८,८९०) बाहेक अन्य १० जना उम्मेद्वारको धरौटी जफत भएको छ । उनीहरु सबैको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।
त्यस्तै सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उ्रम्मेद्वार उदीराम चुनाराले ६ मत ल्याएका छन् । नेपाल जनसेवा पार्टीका उम्मेद्वार हृदयचन्द्र अधिकारीले ७ मत, स्वतन्त्र उम्मेद्वार रमेश परियारले २३ र अर्का स्वतन्त्र उम्मेद्वार कृष्ण खत्रीले ३८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै गतिशील लोकतान्त्रिक पार्टीका उम्मेद्वार पवन थापा मगरले ३४, जनता समाजवादी पार्टीका नेपालका दिम बहादुर नेपालीले ५२, नेपाल कमयुनिष्ट पार्टी (संयुक्त)का उम्मेद्वार प्रेम बहादुर तारामीले ६३, साष्ट्रिय जनमोर्चाका धर्मराज देवकोटाले १५०, नेपाल मजदुर किसान पार्टीका तुल्छी खड्काले १८४, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरीले १ हजार ३१५ र श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ६४६ मत ल्याएका थिए । उनीहरु सबैको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत दिपक ढकालले जानकारी दिए ।
सुर्खेत क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रमेश कुमार सापकोटाले ३० हजार ८२६, नेपाली कांग्रेसका नारायण कुमार कोइरालाले १६ हजार ३९२ र नेकपा एमालेका उम्मेद्वार कुलमणि देवकोटाले १३ हजार १५५ मत ल्याएका थिए । क्षेत्र नं. २ मा पनि यी बाहेक अन्य १४ जना उम्मेद्वार धरौटी जफत भएको हो ।

प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार