सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नं. १ को समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस क्षेत्रमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ २६ जहार ८९७ मत ल्याएर विष्णु बहादुर खड्का विजयी भएका थिए ।
समानुपातिकमा ३ हजार ४७४ कम मत पाउँदा पनि समानुपातिकमा पनि अाफ्नाे दबदबा कायमै राखेकाे छ । कांग्रेसले २३ हजार ४२३ मत ल्याउँदै समानुपातिकमा पनि अाफ्नाे दबदबा कायमै राखेकाे हाे ।

देशभर उदायकाे राष्ट्रिय स्वतन्त्र पार्टीले सुर्खेत क्षेत्र नं. १ मा पनि स्थापित दलहरूलाई कडा टक्कर दिँदै दाेस्राे स्थान लिएकाे छ । त्यहाँ रास्वपाले प्रत्यक्षभन्दा बढी मत ल्याउँदै नेकपा एमालेलाइ उछिनेकाे छ । प्रत्यक्षमा रास्वपाका टेक बहादुर सिंह ठकुरीले १४ हजार ७२९ मत ल्याउँदै तेस्राे भएका थिए ।
तर समानुपातिकमा रास्वपाले २० हजार ५२७ मत ल्याएर दाेस्राे भएकाे छ । रास्वपाकाे याे उदयले अन्य दललाइ चुनाैति थपिएकाे छ ।
उता नेकपा एमाले भने प्रत्यक्षभन्दा समानुपातिकमा २ हजार ४२ मत कम ल्याएकाे छ । एमालेले समानुपातिकमा १६ हजार ८५२ मत ल्याएकाे छ । जबकि प्रत्यक्षतर्फ एमालेकै ध्रुवकुमार शाहीले १८ हजार ८९० मत मात्र ल्याएर दाेस्राे भएका थिए ।
उसाे त समानुपातिकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)काे पनि २७ मत घटेकाे छ । नेकपाले समानुपातिकमा २ हजार ८०७ मत ल्याएकाे छ । प्रत्यक्षमा नेकपाका उम्मेद्वार जीत बहादुर रानाले २ हजार ८२८ मत ल्याएका थिए ।
तर राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रत्यक्ष भन्दा समानुपातिकमा बढी मत ल्याएकाे छ । राप्रपाले समानुपातिकमा १ हजार १४९ मत ल्याएकाे हाे । जबकि प्रत्येक्षमा राप्रपाका रवि हमाल ठकुरीले १ हजार ४९ मत ल्याएका थिए ।
ठूला दलहरू बाहेक अन्य साना दलहरूले पनि उल्लेख्य उपस्थिति जनाएका छन्। नेपाल मजदुर किसान पार्टीले ३५ मत, जनता समाजवादी पार्टीले ४२२ मत र नेपाल समाजवादी पार्टीले ११३ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र र अन्य साना दलहरूको पक्षमा पनि छिटपुट मत खसेको देखिन्छ।
सुर्खेत क्षेत्र नं. १ मा कुल मतदाता संख्या १,२२,९०२ रहेकोमा ६९,२८९ मत खसेको थियो। जसमध्ये ६७,३०७ मत सदर भएको छ भने १,९८२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्