सुर्खेत । प्रतिनिधिसभा सदस्यका लागि भएकाे निर्वाचनबाट कर्णालीमा नेपाली कांग्रेस पहिलाे दल बनेकाे छ ।
प्रदेशका १२ निर्वाचन क्षेत्र मध्ये ५ स्थानमा जित हात पार्दै कांग्रेस पहिलाे भएकाे हाे । कांग्रेसले मुगु, हुम्ला, सुर्खेत क्षेत्र नं. १, दैलेख क्षेत्र नं. १ र जाजरकाेट गरेर पाँच सीटमा जित हात पारेकाे छ ।
मुगुमा खड्क बहादुर शाही, हुम्लामा जयपति राेकाया, सुर्खेत १ मा कांग्रेसका विष्णुबहादुर खड्का, दैलेख १ मा बासना थापा र जाजरकाेटमा खड्क बहादुर बुढा विजयी भएका छन् ।
निर्वाचन आयोगको अन्तिम नतिजाअनुसार मुगुमा खड्कले ६ हजार ३४३ मत ल्याउँदै विजयी भए । एमालेका पूर्ण बहादुर राेकायाले
५ हजार ४८७ मत ल्याए पनि जितका लागि पर्याप्त भएन ।
त्यस्तै हुम्लामा जयपतिले ८ हजार ७९७ मत ल्याएर नेकपाका दिपेन्द्र राेकायलाइ पराजित गर्दै विजय भएका हुन् । दिपेन्द्रले ७ हजार २४३ मत ल्याए पनि जितका लागि प्रयाप्त भएन ।
खड्काले एमालेका ध्रुबकुमार शाहीलाई ८ हजार ७ मतान्तरले पराजित गरेका हुन्। खड्काले २६ हजार ८९७ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी शाहीले १८ हजार ८९० मत प्राप्त गरे ।
त्यस्तै बासनाले १२ हजार ३७२ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६ मतमा चित्त बुझाए ।
बुढाले संसदीय निर्वाचनमा तीन पटक जित हात पारेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार शक्तिबहादुर बस्नेतले पराजित गरे । बुढाले २० हजार १४२ मत प्राप्त गर्दा बस्नेत १७ हजार ४०७ मतमा सीमित भए ।

अन्तिम नतिजा अनुसार कर्णालीमा ४ सीट जित्दै नेकपा दाेस्राे दल बनेकाे छ ।
नेकपाले सल्यान, रूकुमपश्चिम, डाेल्ला र कालीकाेटमा जित हात पारेकाे हाे । सल्यानमा रमेशकुमार मल्ल, रूकुमपश्चिममा गाेपाल प्रसाद शर्मा, डाेल्पामा धन बहादुर बुढा र कालीकाेटमा महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
त्यस्तै ११ हजार ३३८ मत ल्याउँदै कालीकाेटमा नेकपाका महेन्द्र बहादुर शाही विजयी भए । शाहीले एमाले उम्मेदवार नगिन्द्र शाहीलाई ९८६ मतान्तरले पछि पार्दै तेस्राे पटक संघीय संसदमा पाइला टेक्ने अवसर प्राप्त गरे । १० हजार ३५२ मत पाए पनि नगिन्द्रले महेन्द्रलाइ जित्न सफल भएनन् । कालीकाेटमा नेपाली कांग्रेसका हर्षबहादुर बमले ७ हजार १३३ मत प्राप्त गर्दा ह्याभीवइट भनिएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खड्गबहादुर विश्वकर्माले ४ हजार ५९९ मत ल्याएर चौथो स्थानमा जित्त बुझाए ।
त्यस्तै सुर्खेत क्षेत्र नं. २ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका रमेश कुमार सापकाेटा, दैलेख क्षेत्र नं. २ मा नेकपा एमालेका लक्ष्मीप्रसाद पाेखरेल, र जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञान बहादुर शाहीले जित हात पारेका छन् ।
सापकोटा एमाले–कांग्रेसले आ–आफ्नो गढ भनेर दाबी गर्दै अाएकाे क्षेत्रमै ठूलाे मतान्तरका साथ विजय भए । निर्वाचन आयोगको अन्तिम मत परिणाम सापकोटाले कांग्रेसका नारायणकुमार कोइरालालाई १४ हजार ४३४ मतान्तरले पछि पार्दै सानदार जित हात पारे । सापकाेटाले ३० हजार ८२६ मत प्राप्त गरेर विजयी कोइरालाले १६ हजार ३९२ मत मात्रै प्राप्त गरे।

यही क्षेत्रमा एमालेका कुलमणि देवकोटाले १३ हजार ११५ र नेकपा झकबहादुर मल्लले ४ हजार ५८७ मतमा चित्त बुझाए ।
उता जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई ३ हजार १८१ मतान्तरले पराजित गर्दै दाेस्राे पटक संसदीय राजनीतिमा पाइले टेक्ने अवसर पाएका छन्र । शाहीले १४ हजार ८१६ मत ल्याएर विजयी हुँदा भण्डारीले ११ हजार ६३५ मत पाएर पराजयकाे स्वाद चाखे ।
प्रतिक्रिया दिनुहोस्