सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका ध्रुवकुमार शाहीलाई ८ हजार ७ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार खड्काले २६,८९७ मत विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले १८,८९० मत मात्र ल्याउन सके । याेसँगै क्षेत्र नं. १ मा एमाले फेरि पनि पराजित भएकाे छ ।

त्यस्तै राष्टिय स्वतन्त्र पार्टी रास्वपाका टेकबहादुर सिंह ठकुरीले १४,७२९ , नेकपाका जितबहादुर रानाले २,८२८ र रवि हमाल ठकुरीले १,०४९ मत ल्याउन सफल भए ।
खड्का परिवारको विरासत र शाहीको ‘ह्याट्रिक’ हारको डर
यो जितसँगै विष्णुबहादुरले आफ्ना दाजु एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काको राजनीतिक विरासतलाई सफलतापूर्वक जोगाएका छन्। लामो समयदेखि यस क्षेत्रमा पकड जमाएका पूर्णबहादुर यस पटक चुनावी मैदानबाहिर रहँदा भाइ विष्णुले पार्टीको शाख बचाउने जिम्मेवारी पाएका थिए।
अर्कोतर्फ, एमालेका ध्रुवकुमार शाहीका लागि यो हार लगातार दोस्रो झड्का हो । २०७९ को निर्वाचनमा शाही कांग्रेसका पूर्णबहादुर खड्कासँग पराजित भएका थिए।
हालको निर्वाचनमा: उनै पूर्णबहादुरका कान्छा भाइ विष्णुसँग पराजित हुन पुगे।
२०७४ को इतिहासमा भने वाम गठबन्धनको तर्फबाट शाहीले पूर्णबहादुर खड्कालाई ३,३८२ मतान्तरले हराएका थिए।
को हुन् नवनिर्वाचित खड्का?
निर्वाचित विष्णुबहादुर खड्का राजनीतिसँगै सफल व्यवसायी पनि हुन्। उनी हाल नेपाली कांग्रेस सुर्खेतका जिल्ला उप-सभापति छन्। वीरेन्द्रनगरमा पेट्रोलियम र यातायात व्यवसायमा संलग्न उनी युवा तथा व्यवसायीमाझ लोकप्रिय मानिन्छन्। पेशागत कुशलता र पारिवारिक राजनीतिक पृष्ठभूमिका कारण उनले मतदाताको विश्वास जित्न सफल भएका छन्।
प्रतिक्रिया दिनुहोस्