सुर्खेतमा चलिरहेको लोकसेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । भदौ ४ गते बिहान ९ बजे सुर्खेत वीरेन्द्रनगर–७ स्थित लोकसेवा आयोग सुर्खेत कार्यालयमा सञ्चार इन्जिनियर प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षा सञ्चालन भइरहेका बेला प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू अन्य व्यक्तिको नाममा फोटो परिवर्तन गरी सट्टामा परीक्षा दिन प्रवेश गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिई लिखत तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्