२०८३ वैशाख ६ , आइतबार
सुर्खेत क्षेत्र नं. २ काे चुनावी मत

एकै पटक ढल्याे एमाले-कांग्रेसकाे किल्ला



सुर्खेत । सुर्खेत क्षेत्र नं. २ मा नेपाली कांग्रेस र एमालेका किल्ला ढलेकाे छ । प्रतिनिधिसभा सद्स्य निर्वाचनमा एमाले-कांग्रेसका उम्मेद्वारकाे पराजयसँगै तीन दशक लामाे कांग्रेस-एमालेकाे दबदबा भत्किएकाे हाे ।

सुर्खेत क्षेत्र नं. २ लाइ एमाले-कांग्रेसले किल्लाकाे रूपमा दाबी गर्दै अाएका थिए । क्षेत्र नं. २ मा पर्ने वीरेन्द्रनगरलाइ एमालेले अाफ्नाे बलियाे किल्ला मान्दै अाएकाे थियाे । भलै वीरेन्द्रनगरमा कांग्रेसकाे पनि राम्राे पकट छ । पछिल्ला दुइ वटा स्थानीय तहकाे निर्वाचनमा एमालेले सानदानर जित हात पारेकाे थियाे । २०७४ काे स्थानीय तह निर्वाचनमा भाग्यले नगरप्रमुख कांग्रेसकाे भागमा परेकाे थियाे । तर वडाअध्यक्ष र कार्यपालिका सदस्यमा एमालेकै दबदबा थियाे । यही क्षेत्रबाट नेपाली कांग्रेसका नेता हृदयराम थानीले लामाे समयदेखि संसदीय निर्वाचन जित्दै अाएका थिए । यही क्षेत्रमा एमालेका यामलाल कँडेलले पनि पटक-पटक निर्वाचन जितका थिए । २०७४ र २०७९ काे स्थानीय तह निर्वाचनमा यामलाल कँडेलले जित हात पारेका थिए । तत्कालीन अवस्थामा नेकपा माअाेवादी केन्द्र र नेपाली कांग्रेसकाे चुनावी तालमेलका बीच कँडेलले प्रदेशसभा निर्वाचन जितेका थिए । प्रदेश सरकारकाे नेतृत्व सम्हालेकै अवस्थामा भएकाे निर्वाचनमा उनकै कँडेलका विश्वासपात्र कुलमणि देवकाेटाले पराजित भएका छन् ।

यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका कांग्रेसमा नारायण कुमार काेइराला पनि सापकाेटासँग ठूलाे मतान्तरले पराजित हुन पुगे । काेइराला कांग्रेसकै प्रभावशाली नेता हृदयराम थानीका विश्वासपात्र हुन् । क्षेत्र नं. २ मा पर्ने बाँकी पश्चिमका ३ पालिका (बराहताल, पञ्चपुरी र चाैकुने)मा कांग्रेसकै दबदबा छ । कांग्रेसले बराहताल र पञ्चपुरीमा प्रमुख/उपप्रमुख र बराहताल गाउँपालिकामा उपप्रमुख जितेकाे थियाे । जनप्रतिनिधि भए पनि कांग्रेसलाइ पश्चिम क्षेत्रबाट मत अाएका छन् । त्यस्तै पूर्वमन्त्री शिवराज जाेशी, स्वर्गीय पूर्वमन्त्री द्वय तप्तबहादुर विष्ट र यज्ञबहादुर बुढाक्षेत्री पश्चिम क्षेत्रबाट उदायका नेताहरू हुन् ।

 पार्टी उपसचिव टाेपबहादुर रावत, कांग्रेस प्रदेश समितिका उपसभापति समेत रहेका पञ्चपुरी नगरपालिकाका निवर्तमान प्रमुख उपेन्द्र थापा पनि पश्चिमबाटै स्थापित भएका नेताहरू हुन् । यस कारण पनि सुर्खेत क्षेत्र नं. २ लाइ कांग्रेसले अाफ्नाे पकेट क्षेत्र मान्दै अाएकाे थियाे ।

उता नेकपा एमालेमा पनि पश्चिम क्षेत्रले प्रभावशाली नेताहरू जन्माएकाे छ । एमालेका ताराकेशर गाैतम, नवराज रावत, घनश्याम पाण्डे, माेहनसिंह बडुवाल र धिरबहादुर शाही पश्चिम क्षेत्रबाट राजनीति नै राजनीति गर्दै अाएका छन्र । यीमध्य रावत पूर्व मन्त्री हुन बने शाही निवर्तमान चाैकुने गाउँपालिकाका प्रमुख हुने । जसले गर्दा पनि एमालेले सुर्खेत क्षेत्र नं. २ लाइ अाफ्नाे लालकिल्ला दाबी गर्दै अाएकाे थियाे ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार