सुर्खेत । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतपरिणाम आउनेक्रम जारी रहदा सुर्खेतका दुबै क्षेत्रको मत गणना अन्तिम चरणमा पुगेको छ ।
अहिलेसम्म सुर्खेत क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेद्वार विष्णुबहादुर खड्का जीत नजिक पुगेका छन् । खड्काले हालसम्म १६ हजार ४८८ मतसहित अग्रस्थानमा छन् । त्यस्तै नेकपा एमालेका ध्रुवकुमार शाही ११ हजार ३ सय ३४ मतका साथ दोस्रो स्थानमा छन् ।

रास्वपाको टेकबहादुर सिंह ९ हजार ३ सय ८ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले १ हजार ४ सय ८ मतसहित चौथो स्थानमा छन् । सुर्खेत क्षेत्र नं. १ मा खसेको कुल ७० हजार १६७ मतमध्ये हालसम्म ४१ हजार ८ सय ५८ मत गणना भएको छ । अझै २८ हजार मत गन्नबाँकी छ । तर फराकिलो अन्तरका कारण खड्का विजयी नजिक पुगेका छन् ।
त्यस्तै सुर्खेत क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेद्वार रमेशकुमार सापकोटा जीत नजिक पुगेका छन् । सापकोटाले अहिलेसम्म १८ हजार ५४९ मतका साथ अघि छन् । नेपाली कांग्रेसका नारायणकुमार कोइराला ११ हजार ५ मतसहित दोस्रो र नेकपा एमालेका कुलमणि देवकोटा ८ हजार ५५७ मतसहित तेस्रोमा छन् । ३ हजार ५ सय ८१ मतसहित नेपाली कम्युनिष्ट पार्टी नेकपाका झकबहादुर मल्ल चौथोमा छन् ।
प्रतिक्रिया दिनुहोस्