सुर्खेत । सुर्खेत क्षेत्र नं. २ मा रास्वपाका उम्मेद्वार रमेश कुमार सापकोटाले अन्य उम्मेद्वारलाइ एक हजार मतले पछि पारेका छन् । राती पौने दश बजेसम्मको मतपरिणाम अनुसार सापकोटाले सापकोटाले ४ हजार ९८४ मत ल्याएका छन् । उनलाई पन्छाइ रहेका नेपाली कांग्रेसका नारायण कुमार कोइरालाले ३ हजार ९२४ मत ल्याएका छन् । यद्यपी कोइरालाभन्दा सापकोटाले एक हजार ६० मतले अगाडि छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेद्वार कुलमणि देवकोटाले ३ हजार ७५७ मत ल्याउँदा नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार झक बहादुर मल्लले १ हजार ९२४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
गणना भएको १५ हजार ७ सय ९३ मतध्ये ६८५ मत बदर हुँदा १५ हजार १०८ मत मात्रै सदर भएको थियो । सुर्खेत क्षेत्र नं. २ मा कुल ७३ हजार ३५६ मत खसेको थियो ।
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्