सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्र स्थानमा पुगेको छ । जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजाअनुसार रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले एमाले, कांग्रेस र नेकपाका उम्मेदवारलाई पछि पार्दै १ हजार ६६६ मतका साथ अग्रता लिएका छन् ।

५ हजार ८७ मत गणना हुँदा एमालेका कुलमणि देवकोटाले १ हजार ५९९, नेपाली कांग्रेसका नारायण कोइरालाले १ हजार २९३ र नेकपाका झकबहादुर मल्लले ८६९ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्