सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा मतगणना भोली विहानबाट गर्ने तयारी गरेका छन । १४२ मतदान स्थलबाट मतपेटि संकलन अवेर रातीसम्मा हुने भएकाले भोली विहानबाट मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सवै मतपेटि संकलन भएपछि भोली विहान सर्वदलिय बैठक बसेर गणना सुरू गरिने सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञावलीले जनाएका छन । सुर्खेत निर्वाचन क्षेत्र नम्वर २ को वीरेन्दनगरका, पञ्चपुरी नगरपालिका र वराहताल गाउपालिका सवै मतपेटि संकलन भईसकेको र चौकुन गाउपालिकाको मतपेटि रातीसम्म आईपुग्ने ज्ञावलीले जानकारी दिनुभएको छ ।
यसैगर सुर्खेत १ मा मतपेटि संकलन कार्य जारी छ । मेहेलकुनस्थित सिटि हलमा सवै मतदान केन्द्रका मतपेटका संकलन भईरहेको कार्यालयले जनाएको छ । सुर्खेतमा आज भएको मतदानमा ५८ प्रतिशत मत खसेको छ ।
प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्