२०८३ वैशाख ८ , मंगलबार
निर्वाचन अपडेट

दिउँसो १ बजेसम्म कर्णालीमा ३ लाख मत खस्याे



कर्णाली प्रदेशमा दिउँसो १ बजेसम्म ३०.७ प्रतिशत अर्थात तीन लाख १८ हजार ३०२ मत खसेको छ ।

कुल १० लाख ३७ हजार २५० कुल मतदाता मध्ये हालसम्म ३० प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले जानकारी दिए।

 

गुरुङका अनुसार सुर्खेत १ मा ३०.७२, सुर्खेत २ मा ३१.५३, दैलेख १ मा २१.९१, दैलेख २ मा १६.८३ प्रतिशत मत खसेको छ।

यस्तै जाजरकोटमा ३४.०२, सल्यानमा ३३.५७, रुकुमपश्चिममा ३४.५३, कालीकोटमा २६.७२, जुम्लामा ३१.२० प्रतिशत मत खसेको छ।

यस्तै मुगुमा ३७.५५, डोल्पामा ३४.०५ र हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ।

गुरुङका अनुसार कर्णालीमा अहिलेसम्म शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ।

प्रकाशित मिति : २०८२ फागुन २१ गते बिहीबार