सुर्खेत । आसन्न निर्वाचनको समयमा रगतको अभावका कारण कुनै पनि बिरामीले समस्या झेल्नु नपरोस् भन्ने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको समन्वयमा आयोजित उक्त कार्यक्रममा २९ पिन्ट रगत संकलन गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका कार्यालय प्रमुख राजकुमार क्षेत्रीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्य, रक्तदाता समाजका सचिव पुनम विसी सहित प्रवेश शर्मा, मालती विक र ओम बुढा लगायतका अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतले प्राविधिक सहयोग उपलब्ध गराएको थियो।
प्रकाशित मिति : २०८२ फागुन १९ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्