२०८३ वैशाख ६ , आइतबार
अपराध

टिकटकमा खुकुरी चम्काउने प्रहरीको फन्दामा



सुर्खेत। टिकटकमा सस्तो लोकप्रियताका लागि खुकुरी देखाउँदै भिडियो बनाएर समाजमा डर र त्रास फैलाउने तीन जना युवालाई सुर्खेत प्रहरीले समातेको छ। ‘हिरो’ बन्न खोज्दा उनीहरू अहिले प्रहरीको खोरमा ‘जिरो’ बनेका छन्। पक्राउ पर्नेमा कालीकोटको शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर-१० एयरपोर्ट बस्ने १८ वर्षका सुरेन्द्र शाही,दैलेख घर भई वीरेन्द्रनगर-१० एयरपोर्ट बस्ने १९ वर्षका असिम सावद,दैलेख घर भई वीरेन्द्रनगर-११ पिपिरा बस्ने १८ वर्षका प्रकाश सुनार छन् ।

यी युवाहरूले हातमा धारिलो खुकुरी नचाउँदै टिकटकमा भिडियो पोस्ट गरेका थिए। सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्‍याउने र उच्छृङ्खल गतिविधि बढाएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले उनीहरूलाई खुकुरीसहितै नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार पक्राउ परेका तीनै जनामाथि अहिले थप अनुसन्धान भइरहेको छ। निर्वाचनको मुखमा सुरक्षा व्यवस्था कडा पारिएका बेला यस्ता हर्कत गर्नेलाई प्रहरीले कडा निगरानीमा राखेको छ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार