२०८३ साउन १० , आइतबार
आवासीय विद्यालय कार्यक्रम

पहिले हिमाली जिल्लामै सीमित, अब ग्रामीण क्षेत्रमा सञ्चालन



हुम्लाको सर्केगाडस्थित श्रीकोट माविको निर्माणाधिन आवाशिय भवन ।

सुर्खेत । कर्णाली प्रदेश सरकारले ६ वर्षअघि सुरु गरेको आवाशिय विद्यालय पूर्वाधार कार्यक्रमको दायरा विस्तार गरिने भएको छ । यसअघि हिमाली क्षेत्रमा मात्र लागू भएको यो कार्यक्रम अब ग्रामीण क्षेत्रमा पनि लागू हुने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।

विद्यालय आउन र जान नसक्ने अवस्थाका कारण बौद्धिक अपाङ्गता भएका बालवालिकाहरू पढाईबाट बन्चित हुनुपरिरहेको अवस्थालाई मध्यनजर गरेर मन्त्रालयले विद्यालयमै आवास सहितको व्यवस्था गर्न आवाशिय कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

बौद्धिक अपाङ्गता भएका बालवालिकाहरूका लागि पूर्वाधारयुक्त आवासीय विद्यालय सञ्चालन गरिन लागेको मन्त्री भण्डारीले बताए । विद्यालय आउन र जान नसक्ने अवस्थाका कारण बौद्धिक अपाङ्गता भएका बालवालिकाहरू पढाईबाट बन्चित हुनुपरिरहेको अवस्थालाई मध्यनजर गरेर मन्त्रालयले विद्यालयमै आवास सहितको व्यवस्था गर्न आवाशिय कार्यक्रम सञ्चालन गर्न लागेको हो । विद्यालयमै आवासको व्यवस्था भएको खण्डमा बौद्धिक अपाङ्गता भएका बालवालिकाहरू सजिलै विद्यालयको पहुँच पुग्ने मन्त्रालयको अपेक्षा छ । यही कारण ग्रामिण भेगहरूमा समेत आवासीय विद्यालयहरू सञ्चालन हुनु आवश्यक ठान्दै मन्त्रालयले चालु आर्थिक वर्षदेखि एक प्रदेश निर्वाचन क्षेत्र एक आवासीय विद्यालय निर्माण गर्ने अवधारणा अनुरूप बजेट विनियोजन गरिएको छ । एउटा निर्वाचन क्षेत्रमा एउटा आवाशिय विद्यालयको बनाएर ैद्धिक अपाङ्गता भएका बालवालिकाहरू सोही विद्यालयमा पठनपाठनको वातावरण तयार गर्ने मन्त्री भण्डारीको भनाइ छ ।

हुम्लाको श्रीकोट मावि.सर्केगाड, डोल्पाका श्रीकाईके गाउँपालिका डोल्पा, कालिकोटको श्री सरस्वती मावि थिर्पु र पलाता गापा, जुम्लाको श्री मालिका मावि कनकासुन्दरी ७ जुम्ला र मुगुमा श्री नेरा आवि ताखा, मुगुमकार्मारोङमा आवाशिय विद्यालय निर्माण गरेको छ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि हिमाली क्षेत्रमा आवासीय भवन निर्माण गरिएको छ । विद्यालय टाढा भएकै कारण हिमाली क्षेत्रहरूका भूभागमा विद्यार्थीहरू नियमित हुने क्रम घटिरहेको भन्दै सरकारले आवाशिय विद्यालय कार्यक्रम अगाडि सारेको थियो । भौगोलिक विकटताका कारण विद्यार्थीको शिक्षा सुनिश्चितता र विद्यालय छोड्ने दरलाई घटाउन हिमाली क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्न वार्षिक कार्यक्रमहरू समावेश गरिएको हो ।

जुम्लाको श्री मालिका मावि कनकासुन्दरी

प्रदेश सरकारले कर्णाली प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा १/१ वटा आवासीय विद्यालयहरूको पूर्वाधार निर्माण गर्दै आएको छ ।
हालसम्म मन्त्रालयले हुम्लाको श्रीकोट मावि.सर्केगाड, डोल्पाका श्रीकाईके गाउँपालिका डोल्पा, कालिकोटको श्री सरस्वती मावि थिर्पु र पलाता गापा, जुम्लाको श्री मालिका मावि कनकासुन्दरी ७ जुम्ला र मुगुमा श्री नेरा आवि ताखा, मुगुमकार्मारोङमा आवाशिय विद्यालय निर्माण गरेको छ । आवासीय विद्यालयमा नयाँ छात्रावास भवन निर्माण र मर्मत कार्यहरू, विद्यालयमा शौचालय, सरसफाई र पानी व्यवस्थापन सुधार, खेल मैदान तथा पुस्तकालय विस्तार, छात्राको लागि छुट्टै आवासीय सुविधा स्थापनाका साथै आवासीय विद्यालयका शिक्षक र विद्यार्थीका लागि व्यक्तिगत सरसफाई, प्रजनन स्वास्थ्य र सामुदायिक स्वास्थ्य सेवा कार्यक्रमहरू गरिएको छ ।

प्रकाशित मिति : २०८२ भदौ ५ गते बिहीबार