२०८३ वैशाख ६ , आइतबार
सुर्खेत–१ को चुनावी मैदान

‘दाइ’ को मौनता भित्र ‘भाइ’ को अग्निपरीक्षा



सुर्खेत। कर्णालीको राजनीतिमा ‘चाणक्य’ मानिने पूर्णबहादुर खड्का यतिबेला आफ्नै गृहजिल्लामा जारी चुनावी सरगर्मीबाट अचम्मसँग हराएका छन्। नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि कार्यवाहक सभापतिबाट ‘आउट’ भएका खड्काको मौनताले सुर्खेतको राजनीतिमा अनेकौँ प्रश्न उब्जाएको छ। बिहीबार वीरेन्द्रनगरमा सभापति गगन थापासहितको टोलीले चुनावी सभा गर्दा समेत पूर्णबहादुरको उपस्थिति देखिएन। आफ्नै सहोदर भाइ विष्णु खड्का मैदानमा हुँदा पनि दाइको यो ‘गुमनाम’ शैलीले कार्यकर्तालाई रनभुल्लमा पारेको छ।

यसपटक सुर्खेत–१ मा १३ जनाको भिडन्त छ । कांग्रेसका विष्णु खड्का, एमालेका ध्रुवबहादुर शाही, नेकपाका जीतबहादुर राना, टेकबहादुर सिंह र राप्रपाका रवि हमाल ‘किरण’ चुनावी मैदानमा छन्र । उम्मेदवारहरूले आ–आफ्नै जितको आधार पेश गरेका छन् । जसमा एमालेका शाहीले  “सुर्खेतमा हुनुपर्ने जति विकास भएन, त्यो अब अाफूले गर्ने बताएका छन्र ।  रास्वपाका सिंहको जोड कृषिमा दिएका छन् ।

अर्थशास्त्रमा स्नातकोत्तर गरेका खड्काको राजनीतिक इतिहास निकै लामो र प्रभावशाली छ ।  २०३१ सालबाट राजनीतिमा प्रवेश, २०३४ मा २४ वर्षकै उमेरमा जिल्ला सभापति बनेका उनले  २०४८, २०५१, २०५६, २०७० र २०७९ मा गरी ५ पटक विजयी भए । २०७४ मा मात्र हारको स्वाद चाखेका छन् ।  पटक–पटक गृह, रक्षा र उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका समालेका छन्र । २०७९ को चुनावमा एमालेका ध्रुव शाहीलाई ११ हजार ६१९ मतान्तरले हराएका खड्का यसपटक आफैँ मैदानमा छैनन्। तर, उनले २०४८ देखि बनाएको यो ‘कांग्रेस किल्ला’ यसपालि भाइ विष्णुले जोगाउन सक्छन् कि शाहीले फेरि इतिहास दोहोर्‍याउँछन्, त्यो हेर्न निकै रोचक हुनेछ। यस क्षेत्रमा १ लाख २२ हजार मतदाता छन्। अघिल्लो मतभार हेर्दा कांग्रेस र एमालेकै बीचमा मुख्य ‘रस्सीकस्सी’ देखिन्छ, तर रास्वपा र राप्रपाको नयाँ लहरले पुराना दलको निद हराम गरिदिएको छ।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार