२०८३ साउन ११ , सोमबार
मन्त्रिपरिषद बैठक

प्रदेश अस्पतालको निर्देशमा थापा नियुक्त



सुर्खेत । प्रदेश अस्पताल सुर्खेतको निर्देशकमा डाक्टर डा. गणेश थापालाई नियुक्त भएका छन् । बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले थापालाई निर्देशकको रुपमा नियुक्त गरेको हो । यसअघि निमित्त निर्देशकका रुपमा काम गर्दै आएका थापालाई नै निर्देशकको नियुक्त गरेको सरकारका प्रवत्ता विनोदकुमार शाहले जानकारी दिए ।
यस्तै बैठकले नेपाल सरकारले प्रदेशमा खटाएका सचिवहरूलाई आवश्यकताअनुसार विभिन्न मन्त्रालयमा पदस्थापन गर्ने र त्यसको जानकारी राजपत्रमा प्रकाशित गर्ने अधिकार मुख्यमन्त्रीलाई दिइएको छ । ‎त्यसैगरी बैठकले कृषि क्षेत्रको विकासका लागि सञ्चालन हुने ‘उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रमको अस्थायी सांगठनिक संरचनालाई पनि स्वीकृति प्रदानसमेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार