२०८३ वैशाख ५ , शनिबार

पत्रकारलाई पनि तीज लाग्यो, महासंघले गर्यो कार्यक्रम



नारीहरुको महान पर्व तीज आउने दिन नजिकिदै गर्दा तीजको रौनक बढ्दै गएको छ । तीजकै अवसरमा दिदीबहिनीहरुलाई आफन्ती र इष्टभित्रदेखि विभिन्न संघसंगठनहरुले तीज विशेष कार्यक्रम गर्न थालेका छन् ।
यसै अवसरमा सुर्खेतमा क्रियाशिल पत्रकारहरु महिलाहरुलाई पनि तीज लागेको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले तीज सद्भावना कार्यक्रम नै गरेर दर खुवाएको छ ।
तीजको अवसरमा आयोजित कार्यक्रमलाई हौसल्ला प्रदान गर्न प्रमुख अतिथिको रुपमा पुगेकी वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले तीज पर्वले महिलाहरुलाई एकताको सुत्रमा बाँध्ने र आफ्ना महिला अधिकार र सामाजिक सद्भाव र साँस्कृतिक पहिचान जोगाउने गरेको बताइन् । तीजलाई संस्कृतिक परम्परा अनुसार मनाउनुपर्ने भन्दै उनले यसलाई भड्किलो र देखावटी बनाउन नहुने धारणा राखिन् । उनले वीरेन्द्रनगरले लैंगिक समानता र अधिकार प्रवद्र्धनका लागि काम गरिरहेको बताइन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्याय, कर्णाली प्रदेशका सचिव विष्णप्रसाद न्यौपाने, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्मा, विभिन्न पेशागत संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चार क्षेत्रमा क्रियाशील महिला पत्रकारहरूको सहभागिता रहेको कार्यक्रम नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष सिर्जना बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार