सुर्खेत । कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवम् कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन् । शर्मा बुधबारदेखि प्रदेशसभा सदस्यबाट पद मुक्त भएका हुन् । बुधबार प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै शर्मा पदमुक्त भएकाे जानकारी दिएकाे हाे ।

जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्री पार्टीतिर लागेको भन्दै गएको माघ २८ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा संसदीय दलले शर्मालाई पार्टीको साधारण सदस्यता समेत नरहने गरी कारबाही गरेको थियो ।
राजनीतिक दल सम्बन्धी ऐनले कुनै सदस्यलाई पार्टीले कारबाही गरेको लिखित पत्र प्राप्त भएको १५ दिनभित्र सभामुख वा अध्यक्षले सभालाई जानकारी दिनुपर्ने प्रावधान छ । तर हाल कर्णाली प्रदेशसभा अनिश्चित कालका लागि स्थगित भएका कारण राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा १ बमोजिम सूचना टाँस गरेर शर्मा पदमुक्त भएको जानकारी गराएको प्रदेशसभाका सूचना अधिकार राजेन्द्र पाैडेलले जानकारी दिए । शर्मा रूकुमपश्चिम प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । यसअघि शर्मा तत्काली नेकपा माअाेवादी केन्द्र संसदीय दलकाे नेता समेत थिए । उनी कर्णालीकाे तेस्राे मुख्यमन्त्री हुन्र ।
प्रतिक्रिया दिनुहोस्