नपुग्दो केही थिएन । समाजमा कहलिएको पेशाका लागि योग्य थिए । काठमाडौँमा बसेर कानुन विषय स्नातक गरेका उनी वकालतको लागि सक्षम थिए अर्थात अधिवक्ताको लाइसेन्स हातमै थियो । कालो कोटमा सजिएर न्याय क्षेत्रमा काम गर्ने अवसर थियो । तर जनताको असली सेवक बन्न लग्जरियस जीवनको बाटो छोडेर राजनीतिमा हाम फाले । स्नातक तहको पढाई सकेर वीरेन्द्रनगर फर्किएकै बेला हो, सायद । नेपाली कांग्रेस फुटेर दुई टुक्रा भएको थियो । फुटको घ्याउ सुर्खेत नआउने कुरै भएन । कांग्रेस प्रजातान्त्रीको सुर्खेत जिल्ला सभापति स्वर्गिय तप्त बहादुर विष्ट र नेपाली कांग्रेसको सभापति डम्मर जिसी थिए । उ बेलाका जिसीकै गाउँले थिए नारायण कुमार कोइराला । पहिलेदेखि नै उनी मोटरबाइक चढ्थे । कांग्रेसको पार्टी कार्यालय रहेको स्थान बजारसम्म आउँदा र घरजाँदा जिसीलाई लिफ्ट दिन्थे । नारायण जत्तिकै निःस्कलिङ्ंकीत र युवाको साथ पाउँदै जिसी आफूलाई भाग्यमानी ठान्थे ।
यही संगतको फलले कोइराला सानै उमेरमा पूर्णकालिन राजनीतिमा डोहो¥यो । हुन त उनी क्याम्पस पढ्दादेखि नै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ) को सदस्य थिए । स्कूल कलेजमा नेविसंघले गर्ने गतिविधिमा सहभागी हुन्थे । सानै उमेरमा राजनीतिक चेत भएको कारणले होलो १५ वर्षको उमेमै नेविसंघको सदस्य बने ।
२०४७ सालदेखि राजनीतिमा होमिएका कोइरालाले विभिन्न कालखण्डमा अग्रणी भूमिका निर्भाह गरे । २०४६÷०४७ साल र २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय सहभागी भए । सानै उमेरमा लाटिकोइली गाउँ कमिटी सदस्य बनेका उनी तरुण दलको केन्द्रीय महाधिवेशन प्रतिनिधि हुँदै २०५८ सालमा नेपाल तरुण दल सुर्खेतको अध्यक्ष बने । दरुण दलको अध्यक्ष हुँदा कोइरालाले भर्खर २६ वर्षमा पाइला टेकेका थिए ।
२०६२÷०६३ मा तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता कब्जा गरेर नागरिकको हक खोसे । त्यतिबेला नारायण रेडियो भेरी एफएमको स्टेसन म्यानेजर थिए । उनले रेडियोको माइकबाट लोकतन्त्र र संविधानका पक्षमा निरन्तर आवाज बुलन्द गरे । कांग्रेसको १२ औँ महाधिवेशनबाट क्षेत्रीय उपसभापति र १३ औँ महाधिवेशनबाट क्षेत्रीय सभापति बनेका नारायणले संगठनलाई सधैँ बलियो बनाए ।
२०७२ सालमा सरकारले कर्णालीलाई सुदूरपश्चिममा गाभ्ने गरी ६ प्रदेशको खाका ल्याउँदा सुर्खेतमा ठूलो विद्रोह भयो । त्यो आन्दोलनमा पनि नारायणले अग्रणी भूमिका खेले । नागरिकको त्यही दबाब र नारायण जस्ता नेताहरूको अडानका कारण अन्ततः सरकारले १० जिल्लासहितको छुट्टै ‘कर्णाली प्रदेश’ र यसको राजधानी ‘सुर्खेत’ घोषणा गर्न बाध्य भएको थियो ।
राजनीति मात्र होइन, कोइरालासँग विकास निर्माणको प्रष्ट एजेण्डा समेत छ । सुर्खेतको विकासका काममा पनि आफ्नो क्षमता देखाएका छन् । २०७५ सालमा छोटो समयका लागि सुर्खेत उपत्यका विकास समितिको अध्यक्ष हुँदा उनले बुलबुले उद्यानको गुरुयोजना बनाएर यसको व्यवस्थित विकासको जग बसालेका थिए । परिवर्तित बुलबुले उद्यानको परिकल्पनाकारण उनै कोइराला हुन् ।

आफ्नो चुनावी घोषणा पत्रमै सुर्खेतको भौगोलिक र संस्कृतिक सम्पदाको अध्ययन गर्नुपर्ने एजेण्डा राखेका कोइरालाले सुर्खेत क्षेत्र नम्बर २ लाई दुई भागमा राखेर समृद्धिको सपना देखेका छन् । वीरेन्द्रनगरलाई केही पालिकाहरु मिसाएर उपमहानगर बनाउने र पश्चिको पञ्चपुरी र चौकुने गाउँपालिकाको क्षेत्रलाई समेटेर आर्थिक शहरका रुपमा अगाडि सारेका छन् । चुनावी घोषणा पत्रमै उनले विकासको रोडम्याप कोरेका छन् ।
लामो समयदेखि सधैँ अरूलाई जिताउन र पदमा पु¥याउन सारथी बनेका कोइराला सुर्खेतको लाटिकोइलीमा आमा लक्ष्मी र बुवा गणेशकुमार कोइरालाबाट २०३२ साल जेठ १२ गते जन्म लिएका हुन् । ३२ वर्ष लामो समय संगठन र आन्दोलनका लागि पसिना बगाएका कोइराला पहिलो पटक संसदीय चुनावको मैदानमा छन् । सधैँ अरूलाई सांसद र मन्त्री बनाउन खटिने उनी यसपटक सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि आफैँ मैदानमा उत्रिएपछि चुनावी माहौल थप तातेको छ ।
अनुभवी नेता भएपनि कोइरालाको सोच र कार्यशैली युवामैत्री छ । पछिल्लो समय ‘जेनजी’ आन्दोलनले ल्याएको राजनीतिक चेतनालाई उनले नजिकबाट बुझेका छन् । त्यसैले त अहिले उनी युवा पुस्ताका लागि पनि आशा र भरोसाको केन्द्र बन्दै गएका छन् । शिक्षा, विकास र संगठनलाई एउटै धारमा हिँडाउन सक्ने नारायण कोइराला यसपालि सुर्खेत–२ मा परिवर्तनको एजेन्डासहित भोट मागिरहेका छन् । उनले भनेका छन्, ‘मैले सधैँ अरूका लागि काम गरेँ, अब सुर्खेतको समृद्धिका लागि आफैँ अगाडि बढ्ने निधो गरेको छु ।’
प्रतिक्रिया दिनुहोस्