२०८३ वैशाख ६ , आइतबार
कर्णालीमा पनि अलैँचीको सम्भावना

सुर्खेत र जाजरकोटमा व्यावसायिक खेतीको तयारी



सुर्खेत। अहिलेसम्म पूर्वी नेपालको पहिचान बनेको कालो सुनु अर्थात् ठूलो अलैँची अब कर्णालीका पाखाहरूमा पनि झुलिने भएको छ। एउटा हालै गरिएको अध्ययनले पूर्वी नेपालमा मात्रै सीमित अलैँची खेतीलाई कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा पनि व्यावसायिक रूपमा विस्तार गर्न सकिने दरिलो सम्भावना देखाएको हो। कर्णालीमामा सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र कालिकोट जिल्लामा पनि खेती गर्न सकिने छ ।
संयुक्त राष्ट्रसंघीय खाद्य र कृषि संगठनको सहयोगमा गरिएको अध्ययनले कर्णाली प्रदेशका सुर्खेतसहितका जिल्लाहरू अलैँची खेतीका लागि निकै उपयुक्त रहेको तथ्य उजागर गरेको छ।
काठमाडौँस्थित किङ्स कलेजको एग्री बिजनेश टीमका संयोजक सन्देश पौडेलका अनुसार पश्चिम नेपालका धेरै जिल्लामा अलैँचीको व्यावसायिक भविष्य राम्रो देखिएको छ। अध्ययनले विशेष गरी यी जिल्लालाई समेटेको छ ।

त्यस्तै छिमेकी जिल्ला अछाम, डोल्पा र लुम्बिनीका पहाडी भेगमा पनि खेती गर्न सकिने अध्ययनले देखाएको छ ।
अहिले दैलेख, सल्यान र अछामका केही ठाउँमा थोरै मात्रामा अलैँची देखिए पनि त्यो केवल रहरमा मात्र सीमित छ। अब यसलाई व्यावसायिक बनाएर निर्यात बढाउन सके कर्णालीको आर्थिक अवस्था नै बदलिने देखिन्छ।

अलैँची भन्नेबित्तिकै हामीले केवल मसला र औषधिका रूपमा मात्र बुझ्ने गरेका छौँ। तर, यो अध्ययनले नयाँ र अचम्मको तथ्य बाहिर ल्याएको छ। ठूलो अलैँचीलाई प्रशोधन गरेर ५२ भन्दा बढी वस्तुहरू बनाउन सकिनेछ। अलैचीबाट सौन्दर्य सामग्रीहरु जस्तै साबुन, स्याम्पु, परफ्युम र क्रिमहरू, मैनबत्ती र सुगन्धित वस्तुहरू, विभिन्न मसला र शक्तिवर्द्धक औषधि लगायतका सामग्रीहरु उत्पादन गर्ने गरिन्छ ।
यद्यपी नेपालमा अलैँचीको व्यापक सम्भावना भए पनि यसबारे जनचेतना र सरकारी अध्ययनको अभाव छ। जसका कारण अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीले उचित मूल्य पाउन सकेको छैन। पौडेल भन्छन्, ूहामीले केवल कच्चा अलैँची बेच्ने मात्र होइन, यसको आन्तरिक खपत बढाउने र मूल्य अभिवृद्धि ९भ्यालु एड० भएका सामानहरू बनाएर विश्व बजारमा पठाउनुपर्छ। कर्णालीमा अलैँची खेतीको विस्तार गर्न सके यहाँका किसानको आम्दानी मात्र बढ्ने छैन, यसले प्रदेशको निर्यात व्यापारमा पनि ठूलो टेवा पुर्‍याउने निश्चित छ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार