सुर्खेत । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुर्खेतको घण्टाघरमा विशाल आमसभा गर्ने भएको छ ।
बुधबार दिउँदोदेखि चुनावी आमसभा गर्ने रास्वपाले जनाएको छ । घण्टाघर डबलीमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाह सुर्खेत आउने भएका हुन् ।

आमसभालाई दुबै जना नेताले छोटो मिठो सम्बोधन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेश अध्यक्ष मदन खड्काले जानकारी दिए । चुनावी आमसभामा प्रदेशभरका सबै शुभेच्छुक र कार्यकर्ताहरु सहभागी हुने छन् । सभालाई सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार टेक बहादुर सिंह र सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रमेशकुमार सापकोटाले समेत सम्बोधन गर्ने छन् । रास्वपाले सुर्खेतमा पहिलो पटक चुनाव लक्षित आमसभा गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्