२०८३ साउन १४ , बिहीबार
प्रोफाइल

राजनीतिको शिखर चढ्ने दाउमा व्यवसायमा साम्राज्य जमाएका विष्णु !



साढे तीन दशकअघि मुलुकको राजनीतिक ठिक अहिलेकै अवस्थासँग मिल्दोजुले थियो । फरक यति हो आज मुलुक अस्थिरताको बाटो धकेलिन्छि कि भन्ने चिन्ता छ उ बेला देशमा बहुदल ल्याउने कि निर्दललाई कायम राख्ने भनेर शक्तिसंघर्ष चलिरहेको थियो । अहिलेको पुरानो र नयाँ जस्तै गरेर दरबारिया र दलहरुबीच बहुदल की निर्दल भनेर शक्ति संघर्ष चलेको थियो ।
२०४६ सालमा आइपुग्दा यसले विष्फोटनको रुप लियो । भूमिगत अवस्थामै केही नेताहरुले बहुदलका पक्षमा फाइर खोले । ठूला शहरका गल्लीगल्लीमा काले झण्डा, भित्ते लेखन, राँके जुलुस जस्ता गतिविधिहरु भए । सुरुवाति दिनमा राजदरबारको डण्डा र जेलनेल परिने त्रासले मध्यरातमा यस्ता गतिविधि हुन्थे ।
आन्दोलनको रापताप सुर्खेतमा पनि आइपुग्यो । जुन आन्दोलनमा २२ वर्ष मुनिका दुई ठिटाहरु सामेल थिए । एउटा प्रेमप्रकाश खड्का र अर्काे आसन्न प्रतिनिधिसभा सदस्यका उम्मेद्वार उनै विष्णु बहादुर खड्का । नाताले दुई दाजुभाइका छोराहरु प्रेम र विष्णुले नै मध्यराती पर्चापम्पलेट टाल्ने, कालो झण्डा गाड्ने र आगजनी जस्ता गतिविधि गरेर सुर्खेतमा बुहदलका पक्षमा आँधिबेरी सिर्जना गरे । आन्दोलन चर्किदै गएपछि प्रेम सुर्खेतबाट भागेर पूर्वी नेपालतिर लागे भने विष्णु प्रहरी हिरासतमा पुगे ।
करिव ११ दिनपछि कारागारमुक्त भएका विष्णु बहुदल प्राप्तिको आन्दोलनबाट भागेनन् । बरु झन् सशक्त भए । उमेरले भर्खर २२ वर्षे टेकेको ठिटो । फष्टाउँदै गरेको मेडिकल व्यवसायको कुनै प्रवाह नगरी बहुदलका पक्षमा अझै सक्रिय भए । यही कारण दाेस्राे पटक विष्णुलाई प्रहरीले हिरासतमा पु¥यायो । पछिल्लो पटक २६ दिन चिसारात उनले कारागारमा बिताए । त्यो बेलासम्म बहुदलको पक्षमा देशभर आँधिबेरी उर्लिएको थियो । अन्नतः राजा बहुदलको पक्षमा उभिन तयार भए । बहुदल आएको घोषणा हुन एक दिनअघि विष्णु हिरासत मुक्त भए ।


२२ वर्षको ककिलो उमेरमै राजनीतिको भूमरीमा हाम फालेका विष्णु त्यसपछि सधै दाइ पूर्णबहादुरको सहयोगीका रुपमा काम गरे । दाइलाई सघाउँदै सुर्खेतमा सार्वजनिक यातायात, अस्पताल, पेट्रोल पम्प र औषधी लगायतका व्यवसाय नै साम्राज्य खडा गरे । आज सयौँलाई रोजगारी दिएका विष्णु अर्बाैका मालिक हुन् । २०४२ सालमा आमाको नामबाट वीरेन्द्रनगर चाैक नजिकै माया मेडिकल हलबाट व्यवसाय सुरु गरेका विष्णु अहिले माया अस्पतालका सञ्चालन छन् । यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्री उपाध्यक्ष समेत भई सकेका उनले नै २०५० सालदेखि सुर्खेतमा पहिलो पटक मध्यपश्चिम यातायात व्यवसायी संघ स्थापना गरेका थिए । उक्त संस्थाको संस्थापक अध्यक्षहुँदै उनले २३ वर्ष लामो अवधिमा नेतृत्व गरेका छन् ।
यातायात, अस्पताल, पेट्रोल पम्प र औषधी लगायतका व्यवसायीमा बार्षिक अर्बाैको कारोबार हुन्छ । हुन त उनी व्यवसायी मात्र होइन, एक असल समाजसेवी र हजारौँ कार्यकर्ताको भरोसा पनि हुन् । व्यवसायी क्षेत्रमा आफ्नो साम्राज्य खडा गरेको उनै विष्णु अहिले राजनीतिको सगरमाथा चढ्ने दाउमा छन् । सायद, यही भएर होला विपक्षहरुले विष्णु पूर्णबहादुरको भाइको रुपमा मात्रै चिन्ने र चिनाउने प्रयास गर्छन् । स्मरण रहोस्, समाज सेवाको नापतौल गर्ने तराजु हुँदोहो त पूर्णभन्दा विष्णु नै अगाडि हुन्थे । किनकि विष्णुले व्यापार मात्र गरेका छैनन् धेरै असाहय र गरिवीको घ्याउमा मह्लम पट्टी पनि लगाएका छन् । उपचारबाट बन्चित भएका सायौँ नागरिकको आयु थपिदिएका छन् । औषधि अभावमा छट्पटाइ रहेका कयौँ पीडितको आशु पछिदिएका छन् । कार्यकर्ताको एक बचनमै सयौँ विरामीको निःशुल्क औषधि उपचार गरिदिएका छन् । सायद, नागरिकप्रति गरेको यही स्नेतह र प्रेमको भरोसाकै कारण आज विष्णु राजनीतिको समुद्र पार गर्ने जोखिम मोल्न तयार छन् ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशनले सिर्जना गरेको विवाद् । दाइकै कारण भाइले प्रतिनिधिसभा सदस्यमा टिकट पाएको भनेर लाग्ने आरोप र विशेष महाधिवेशनको घ्याउ सेलाउन नपाउँदै उनी राजनीतिको समुद्रमा हाम फालेका छन् ।


विष्णु सुर्खेत क्षेत्र नं. १ बाट पहिलो पटक संसदीय चुनावमा होमिएका नेता हुन् । यही क्षेत्रबाट विष्णुका दाई पूर्णले, २०५१, २०५६, २०७० र २०७९ संसदीय राजनीतिमा विजयीको झण्डा फहराएका छन् । २०६४ को संविधानसभा समानुपातिकमा बसेका खड्काले २०७४ मा भने एमालेका ध्रुवकुमार शाहीसँग पराजभए भएको थिए ।
बहुदलपछि उनी सक्रिय राजनीतिमा आएको भने धेरै भएको छैन । नेपाली काँग्रेसको १० औ महधिवेनमा साबिकको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–८ को वडा सभापति बनेका उनी १४ औ महाधिवेशनबाट नेपाली काँग्रेसको जिल्ला उपसभापतिमा निर्वाचित भएका थिए । हाल नेपाली काँग्रेस सुर्खेतका उपसभापति समेत हुन् । उनी बुवा प्रेमबहादुर र आमा मायादेवीबाट २०२४ साल कातिक ६ गते वीरेन्द्रनगर–७, इत्रामा जन्मिएका हुन् । एसएलसीसम्म मात्रै शिक्षा आर्जन गरेका खड्काले फागुन २१ गते हुने निर्वाचनको मतपरिणामले राजनीतिकको सगरमाथा वा समुद्र पार गर्न सफल हुन्छन् कि असफल भनेर निक्र्याैल हुने छ ।

प्रकाशित मिति : २०८२ फागुन ६ गते बुधबार