२०८३ वैशाख ६ , आइतबार

जबरजस्ती करणी अभियोगमा वीरेन्द्रनगरबाट एक युवक पक्राउ



सुर्खेत । सुर्खेतमा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१ का २३ वर्षीय बिमल विक रहेका छन्।

प्रहरीका अनुसार विकले ती महिलालाई जबरजस्ती करणी गरेको भनी परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो। पक्राउ परेका विकलाई अहिले हिरासतमा राखिएको छ।

उनीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार