सुर्खेत । बैकिङ्क क्षेत्रमा एकै पटक तीन सय जना कर्मचारी माग गरिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कृषि विकास बैंकले मात्रै २ सय ४२ जना र नेपाल बैंकमा ५८ जना कर्मचारी माग गरिएको हो ।
कृषि विकास बैंकले आठौँ तहको शाखा प्रमुखदेखि चौथो तहको लेखा सहायकसम्मका पदको लागि २४२ जना कर्मचारी माग गरेको छ। बैंकले आज सूचना जारी गर्दै स्थायी स्विकृत तरबन्दीका रिक्त पदका लागि खुला प्रतियोगिताद्वा पदपूर्ति गर्न लागिएको जनाएको छ। आठौँ तहको शाखा प्रमुख १ जना, प्रशासन तर्फ छैटौँ तहको व्यवसाय अधिकृत ५२ जना, सीए १० जना, कोसी प्रदेशका लागि लेखापाल २५ जना, मधेसका लागि लेखापाल ४४ जना, बागमतीका लागि लेखापाल ३० जना, गण्डकीका लागि लेखापाल २० जना, लुम्बिनीका लागि लेखापाल ३५ जना, कर्णालीका लागि लेखापाल १५ जना, सुदूरपश्चिमका लागि लेखापाल १० जनाको लागि बैंकले दरखास्त आह्वान गरेको हो। यी पदमा समावेशी प्रणालीका आधारमा कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि नै अनलाइनमार्फत दरखास्त दिन सक्नेछन्।

त्यस्तै नेपाल बैंक लिमिटेडले वरिष्ठ प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ। बैंकले आज सूचना जारी गर्दै स्विकृत तरबन्दीका लागि खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको जनाएको छ। वरिष्ठ प्रबन्धक एकजना, सहायक प्रवन्धक ६ जना, सहायक प्रवधन्धक (आईटी) ६ जना, सहायक प्रवन्धक (सीए) ६ जना, विभिन्न प्रदेशका शाखा कार्यालयको लागि आईटी सहायक १२ जना र २० जना सहायकका लागि बैंकले दरखास्त आह्वान गरेको छ।
यी पदमा समावेशी प्रणालीका आधारमा कर्मचारी छनोट गरिने सूचनामा उल्लेख छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत २१ गतेसम्म निवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्