
सुर्खेत । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
२०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार नै आज प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । प्रदेश सरकारले दिवसको अवसरमा आज विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रूपमा मनाउने तयारी छ ।
प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार
प्रतिक्रिया दिनुहोस्