सुर्खेत । सुर्खेत यही आउँदो फागनु १ गतेदेखि ५ गतेसम्म एचपिभी खोप अभियान सुरु हुने भएको छ । जिल्ला खोप समन्वय समितिले मंगलबार आयोजना गरेको नियमित एचपीभी खोप सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी (HPV) खोप अभियान सञ्चालनका लागि जिल्ला स्तरीय योजना सार्वजनिक गरिएको छ। आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारिएको यस योजनाअनुसार सुर्खेतका ९ वटा स्थानीय तहका कुल ५ हजार ८ सय १८ जना किशोरीहरूलाई यो खोप लगाउने लक्ष्य राखिएको छ। अभियानलाई प्रभावकारी बनाउन जिल्लाभर २२० वटा विद्यालय खोप केन्द्र र ९१ वटा बाह्य खोप केन्द्र गरी कुल ३११ वटा केन्द्रहरू तोकिएका छन्।

यस पटकको खोप अभियानमा विद्यालयको कक्षा ६ मा अध्ययनरत किशोरीहरूका साथै विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई समेत समेटिएको छ। तथ्यांक अनुसार सबैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिकामा २ हजार ३ सय ७१ जना र सबैभन्दा कम चिङ्गाड गाउँपालिकामा १ सय ४५ जना किशोरीहरू लक्षित संख्यामा रहेका छन्। त्यस्तै भेरीगंगामा ७४३, गुर्भाकोटमा ७३२, पञ्चपुरीमा ५६८, बराहतालमा ३५०, लेकवेशीमा ३२५, चौकुनेमा ३०० र सिम्ता गाउँपालिकामा २८४ जना किशोरीहरूलाई खोप लगाइने तयारी भएकाे जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करूणा भट्टराइले जानकारी दिइन्र ।
३११ खोप केन्द्र र ४४० जनशक्ति परिचालन
अभियानलाई सफल बनाउन जिल्लाभर २२० वटा विद्यालय खोप केन्द्र र ९१ वटा बाह्य खोप केन्द्र गरी कुल ३११ वटा केन्द्रहरू तोकिएका छन्। यस कार्यका लागि २२० जना स्वास्थ्य कर्मी र २२० जना नै स्वयंसेवकहरू परिचालन गरिने योजना रहेको छ। जसमध्य लेकवेशीमा २१, भेरीगंगामा २३, बराहतालमा २६, चिंगाडमा १२, चाैकुनेमा २२, वीरेन्द्रनगरमा ५०, सिम्तामा २०, पञ्चपुरीमा १५ र गुर्भाकाेटमा ३१ जना स्वास्थ्यकर्मी र साेही संख्यामा स्वयम सेवकहरू खटिने छन् ।
त्यस्तै लेकवेशीमा २१, भेरीगंगामा २३, बराहतालमा २६, चिंगाडमा १२, चाैकुनेमा २२, वीरेन्द्रनगरमा ५०, सिम्तामा २०, पञ्चपुरीमा १५ र गुर्भाकाेटमा ३१ वटा विद्याल र साेही संख्यामा बाह्य खाेप केन्द्हरू रहने छन् ।
यस पटक कक्षा ६ मा अध्ययनरत किशोरीहरूका साथै विद्यालय नजाने १० वर्षका किशोरीहरू र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्षका किशोरीहरूलाई समेत समेटिएको छ।
निःशुल्क र सुरक्षित सेवा
“खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ र खोपले जीवन रक्षा गर्छ” भन्ने नाराका साथ सञ्चालन हुन लागेको यस अभियानका लागि ५ हजार ८ सय १८ भायल एच.पि.भी खोप र २७ हजार थान ए.डि. सिरिञ्जको व्यवस्था गरिएको छ।
यो खोपले भविष्यमा महिलाहरूलाई हुने पाठेघरको मुखको क्यान्सरको जोखिमलाई न्यूनिकरण गर्ने भएकाले आफ्ना लक्षित उमेर समूहका किशोरीहरूलाई नजिकैको खोप केन्द्रमा लगि खोप लगाउन जिल्ला जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्