२०८३ वैशाख ६ , आइतबार
नेकपाद्वारा बैठक बहिस्कार

अर्काे सूचना नभएसम्मका लागि कर्णाली प्रदेशसभाको बैठक स्थगित



सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को बाहिस्कारका कारण प्रदेशसभाको बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको हो ।
आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बैठकमा सहभागी नएपछि समामुख नन्दा गुरुङ्गले अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।


प्रमुख प्रतिपक्ष दलले अर्थ बिहीन बैठकमा बसेर भत्ता मात्र नखाने भन्दै बहिस्कार गरेको प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिएका छन् ।
गएको विहीबार कार्य व्यवस्था समितिको निर्णयभन्दा बाहिर गएर बसेको प्रदेशसभाका काम कारबाही भएको, प्रदेशसभाको सामाजिक विकास समितिले क्षेत्राधिकारभन्दा बाहिर गएर कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक संशोधनकर्ता प्रदेशसभा सदस्य र सरकारबीच पर्याप्त समन्वय नगरेर प्रतिवेदन तयार गरेको लगायतका कारण देखाउँदै प्रमुख प्रतिपक्ष दल बैठक बहिस्कार गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार