सुर्खेत । नेकपा एमाले सुर्खेतबाट आगामी फागुन २१ हुने प्रतिनिसभाका उम्मेद्वारले सुर्खेतका दुबै निर्वाचन क्षेत्र जित्ने दाबी गरेका छन् । शुक्रबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सुर्खेत क्षेत्र नं. १ का उम्मेद्वार ध्रुवकुमार शाही र सुर्खेत क्षेत्र नं. २ का उम्मेद्वार कुलमणि देवकोटाले प्रतिनिसधाको निर्वाचन आफूहरुले जित्ने दाबी गरेका हुन् ।
२०७९ सालमा एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा चुनाव सहजै जित्ने सक्ने दाबी गरेको दुबै जना उम्मेद्वारले गाउँटोलमा एमालेप्रति जनहलर रहेको दाबी गरेका हुन् । ‘हामी जिल्लादेखि वडातहसम्म पुग्यो, जहाँ पुग्यो त्यही एमालेप्रति जनलहर देखिन्छ्’ सुर्खेत क्षेत्र नं. १ मा प्रतिनिसधाका उम्मेद्वार ध्रुवकुमार शाहीले भने, ‘यसपालिको चुनाव सहजै जित्न सक्ने अवस्था छ ।’

लामो समयदेखि एमालेले सुर्खेतको विकास निर्माणमा गरेको पहल र जनताको आवश्यकता र माग अनुसार एमालेले काम गरेका कारण चुनाव जित्न सकिने शाहीको दाबी थियो । ‘विगत लामो समयदेखि हामीले जनताका माझमा पुगेर जनताका समस्या सुन्ने र त्यस क्षेत्रको विकासमा कटिबद्ध भएर लागेका कारण हामीप्रति जनताको विश्वास छ’ शाहीले भने, ‘यसपालिको जनमत हाम्रै पक्षमा छ, सहजै चुनाव जितिन्छ ।’

त्यस्तै सुर्खेत क्षेत्र नं. २ मा एमालेबाट प्रतिनिसभाका उम्मेद्वार कुलमणि देवकोटाले पनि निर्वाचन आफ्नो पक्षमा आउने दाबी गरेका छन् । ‘मैले जीवनका हरेक उर्जावान समय जनतामाझ विताएको छु’ उनले भने, ‘रेडक्रस, जर्बुटा गाविस अध्यक्ष र खानेपानीका क्षेत्रमा मैले गरेको कामका आधारमा जनताले मलाई नै भोट दिनुहुन्छ ।’
सुर्खेतका पत्रकारलाई समेत सूर्य चिन्हमा मतदान गरेर आफूलाई निर्वाचित गराउन आह्वान गरेको देवकोटाले माओवादीको सशत्र संघर्ष र शाहीकालीन समयमा पनि आफूले जनतासँग बसेर सुर्खेतका खानेपानीको सेवा दिएका कारण आफूले सहजै रुपमा चुनाव जित्ने दाबी गरेका हुन् । दुई सदशभन्दा लामो समय सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि काम गरेको भन्दै यसपालि तिनै सेवाग्राहीले आफूलाई विजयी गराउने उनको दाबी थियो । सुर्खेतमा हाल २० हजार भन्दा बढी घरधुरीमा खानेपानीको सेवा आफ्नै नेतृत्वमा पु¥याएको उनको दाबी थियो ।
प्रतिक्रिया दिनुहोस्