२०८३ साउन १० , आइतबार
चिकित्सकलाई कर्णाली सरकारको निर्देशन

कार्यालय समयमा निजी क्लिनिकमा नजाउ, विज्ञापन गरेर प्रचार नगर



सुर्खेत । कर्णाली प्रदेश सरकारले सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अफिस समयमा निजी अस्पताल वा क्लिनिकमा काम नगर्न र विरामी तान्न विज्ञापन नगर्न निर्देशन दिएको छ । कार्यालय समयमा सरकारी अस्पतालमै सेवा दिनुपर्नेमा निजी संस्थामा संलग्न भएको गुनासो बढेपछि सामाजिक विकास मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
सोमबार मन्त्रालयका सचिव धोलकराज ढकालले सबै निकायलाई पत्र पठाउँदै कार्यालय समयमा निजी स्वास्थ्य संस्थामा काम गर्ने, विज्ञापन गर्ने वा स्वघोषणा नगरी सेवा सुविधा लिने कार्य बन्द गर्न भनेका छन् । मन्त्रालयले सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई पदीय मर्यादा, व्यक्तिगत आचरण र पेशागत अनुशासन पालना गरी जिम्मेवारी निर्वाह गर्न र अन्यथा प्रचलित कानुनअनुसार गर्ने चेतावनी दिएको छ । नियम उल्लंघन गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीमाथि नेपाल स्वास्थ्य सेवा ऐन, २०५३, नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ तथा कर्णाली प्रदेश निजामती सेवा ऐन, २०८० अनुसार कारबाही हुने चेतावनी दिएको छ ।

यस्ताे छ मन्त्रालयकाे सूचना

प्रकाशित मिति : २०८२ भदौ ४ गते बुधबार