सुर्खेत । सामान्यतया हिउँदे अधिवेशन विधेयक अधिवेशनका रुपमा चिन्ने गरिन्छ । जुन अधिवेशको मूल मर्म नै प्रदेशलाई आवश्यक कानुन निर्माण गर्नु हो ।
तर आइतबारदेखि बस्न थालेको कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनका लागि भने पर्याप्त बिजनेश छैन ।

प्रदेशसभा सचिवालयका अनुसार हाल कर्णाली प्रदेशसभामा जम्मा तीन वटा मात्रै विधेयकहरु विचाराधिन अवस्थामा छन् । प्रदेशसभाका विभिन्न विषयगत समितिमा हाल आमसञ्चार प्रतिष्ठान विधेयक, कर्णाली पज्ञा प्रतिष्ठान विधयक र कर्णाली लोकमार्ग विधेकय विचाराधिन अवस्थामा छन् । यी विधेयक मध्ये प्रदेश मामिला समितिमा आमसञ्चार प्रतिष्ठान विधेक, सामाजिक विकास समितिमा कर्णाली प्रज्ञा प्रतिष्ठान विधेयक र अर्थ तथा प्राकृतिक स्रोत सधान समितिमा कर्णाली प्रदेश लोकमार्ग विधेयक विचाराधिन अवस्थामा रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । यी विधेयकहरु बैठकका लागि पर्याप्त छैनन् । यद्यपी केही विधेयकहरु छिट्टै प्रदेशभामा लैजाने सरकारको तयारी छ ।

गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका प्रदेशसभाको भौतिक संरचना क्षति पुगेपछि बैकल्पिक रुपमा आइतबारदेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहलमा अधिवेशन सुरु हुँदै छ ।
तर बैठकका लागि भने अहिले नै पर्याप्त विजनेश छैन । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट प्रदेश संसद भवनभित्रका फर्निचर, कम्प्युटर, सवारीसाधन र अन्य भौतिक संरचना गरेर कुल ३ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्