सुर्खेत । जेनजी आन्दोलनपछि पहिलो पटक बस्न लागेको कर्णाली प्रदेशसभाको बैठकका लागि सुरक्षा व्यवस्था कडा पारिने भएको छ । अप्रिय घटना हुन नदिने सुरक्षा निकायले बैठक स्थलको बाहिरी घेमा पनि सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ ।
‘बैठक कक्षमा मर्यादा पालकहरु हुनुहुन्छ, तर सुरक्षाका लागि बाहिरी घेरामा पनि सुरक्षाकर्मीहरु खटाउँछौँ’ कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी जयराज सापकोटाले भने, ‘बैठक स्थल पूर्णतया सुरक्षित हुने छ ।’ बैठक कक्षमा १० देखि १५ जनासम्म मर्यादापालकहरु रहने छन् उत्तिकै संख्यामा बैठक स्थलको वरीपरि सुरक्षाकर्मीहरु खटिने छन् ।

नयाँ बैठकस्थल बजार निकै भएका कारण आउजाउ गर्न सहज छ । तर पर्याप्त पूर्वाधार अभावका कारण सुरक्षाका हिसावले चुनौतिपूर्ण देखिन्छ । बैठक स्थल चौरैतिरबाट घेरबार गरिएका सुरक्षित रहेको पनि अप्रिय घटना हुन नदिनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको डिआइजी सापकोटाले बताए ।
ईत्रामस्थित प्रदेशसभा सचिवालयमा यसअघि सुरक्षाकर्मीहरु खटिने गरेका थिए । प्रदेशसभा बैठक हुँदा र नहुँदा पनि सुरक्षाकर्मीहरु खटिने गरेका थिए । तर जेनजी आन्दोलनपछि त्यहाका सुरक्षाकर्मीहरु प्रहरी गणमा पुगेका थिए । हाल तिनै सुरक्षाकर्मीलाई नै बैठकस्थलमा खटाइने छ । हाल प्रदेशसभा सचिवालमा थोरै कर्मचारीहरुले मात्रै मुल गेटमा सुरक्षा दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्