सुर्खेत । आइतबारदेखि सुरु हुने कर्णाली प्रदेशसभाको बैठकको कार्यसूचि वीरेन्द्रनगर–७ मा ईत्रामस्थित प्रदेशसभा सचिवालयमा तयारी गरिने भएको छ । प्रदेशसभा बैठक वीरेन्द्रनगर ६ मा रहेको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहल सुरु हुने भएपनि बैठकको कार्यसूचि भने प्रदेशसभा सचिवालयमै तयार हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठकका लागि गणेशचौकस्थित कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहल रहेका ठाउँमा पर्याप्त पूर्वाधार नभएपछि कार्यसूचि प्रदेशसभा सचिवालयमै तयार हुने भएको हो ।
अस्थायी प्रदेशसभा बैठक स्थलमा सभामुखको वइटिङ्ग कक्ष बाहेक, सभामुख, उपसभामुखको बिश्राम कक्ष र दलका कार्यकक्षहरु छैनन् । पर्याप्त कार्यकक्षहरु नभएका कारण कार्य व्यवस्था तथा परामर्श समितिको बैठक पनि यसअघिको प्रदेशसभा सचिवालमा बस्ने छ । बैठकको कार्यसूचि तयार भएपछि मात्रै प्रदेशसभा सदस्यहरु अस्थायी बैठक स्थलमा पुग्ने प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

‘कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभाको सम्पूर्ण तयारी प्रदेशसभा सचिवालय रहेका स्थानबाट तयार गर्छ’ उनले भने, ‘हामी बैठकका लागि मात्रै कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहल जान्छौँ ।’
कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रको सभाहलमा केही समय हलमा कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुने छ । दायाँतिर सत्ता पक्ष र बायाँतिर प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरु बस्ने छन् । हलको अग्रभाग रोष्टमका रुपमा प्रयोग हुने छ, रोस्टमकै दाँयातिर बसेर सभामुख नन्दा गुरुङ्गले बैठक सञ्चालन गर्ने छिन् ।
प्रतिक्रिया दिनुहोस्