२०८३ वैशाख ७ , सोमबार

सेवा आयोगका पदाधिकारीले गरे पदभार ग्रहण



सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) को सेवा आयोगको नवनियुक्त अध्यक्षमा प्रा. डा. पन्नाबहादुर थापाले कार्यभार सम्हालेका छन् । झण्डै दश महिनादेखि रिक्त अध्यक्ष र सदस्यले बुधबार कार्यभार सम्हालेका हुन् । आयोगका सदस्य सह–प्रा. डा. अमृतकुमार शर्मा गैरेले पनि कार्यभार सम्हालेका छन् । उनले पनि बुधबार नै कार्यभार सम्हालेका हुन् ।

नवनियुक्त अध्यक्ष प्रा. डा. थापा काठमाडौं विश्वविद्यालयका सेवा निवृत्त प्राध्यापक र सदस्य सहप्रा. डा. शर्मा मध्यपश्चिम विश्वविद्यालयमा प्राध्यापनरत छन् ।
विश्वविद्यालय सेवा आयोगमा एक अध्यक्ष र एक सदस्य नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपतिको अध्यक्षतामा सभाका अन्य दुई सदस्यहरु रहेको तीन सदस्यीय समितिको सिफारिसमा प्रधानमन्त्री एवम् कुलपतिबाट नियुक्त हुने र लोकसेवा आयोगका सदस्य पदेन सदस्य रहने ऐनको प्रावधान रहेको छ ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार