
फाइल तस्विर
सुर्खेत । सुर्खेतमा पहिलो पटक भएको कृष्ण रथयात्रा तथा लाखे नाच प्रतियोगिता वीरेन्द्रनगर–९ को लाटिकोइली समूह प्रथम भएको छ । प्रथम भएको लाटिकोइलीले एक लाख एक हजार नगदसहित प्रमाण पत्र हात पारेको छ । त्यस्तै वीरेन्द्रनगर–६ को गणेशचौक दोस्रो हुँदा वीरेन्द्रनगर–२ को गुप्तिपुर तेस्रो भएको छ । दोस्रो र तेस्रोले क्रमश : ५० हजार पाँचसय र २५ हजार २५ रुपैयाँसहित प्रमाणपत्र हात पारेको वैदिक सनातन धर्म सेवा समितिका महासचिव ललित भट्टराइले जानकारी दिए ।
त्यस्तै तरवार नाचतर्फ वीरेन्द्रनगर–८ को बाजेनाती समूहले उत्कृष्टहुँदा वीरेन्द्रनगर–५ को कालिका मन्दिर समूह लाखे नाचमा उत्कृष्ट भएको छ । वीरेन्द्रनगर–३ को तातापानी युवा क्लव भक्कु नाचमा उत्कृष्टहुँदा, वीरेन्द्रनगर–४ को भैरव मन्दिर समह तरतर्फ उत्कृष्ट भएको छ । उदयमान लाखेको उपाधि भने सिर्जनशील युवा क्लवले हात पारेका छ । आफ्नो समूहमा उत्कृष्ट भएका सबैले समान ११ हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । वैदिक सनातन धर्म सेवा समितिले सुर्खेतमा पहिलो पटक आयोजना गरेको प्रतियोगिता कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको हो । सुर्खेतको खुल्लामञ्चमा भएको प्रतियोगितामा विभिन्न क्षेत्रका दश वटा समूहले भाग लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्