२०८३ वैशाख ७ , सोमबार
निर्वाचनमा हाेमियाे एमाले

बनायाे मुख्यमन्त्रीकाे संयोजकत्वमा निर्वाचन परिचालन कमिटी



सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटिले पार्टीका केन्द्रीय सचिव यामलाल कँडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गरेको छ। सोमबार बसेको नेकपा एमाले कर्णाली प्रदेश कमिटिको नवौँ सचिवालय बैठकले कँडेलको संयोजकत्वमा चार सदस्यीय कमिटि गठन गरेको छ।

सदस्यहरुमा कालीकोटका मावन वम, दैलेखका वीरबहादुर रावत र सुर्खेतका हरिहरनाथ योगी रहेको नेकपा एमाले कर्णाली प्रदेश कमिटि सचिवलय सदस्य तथा संगठन विभाग उपप्रमुख इन्द्रबहादुर केसीले जानकारी दिए।

उनकाअनुसार यस निर्वाचन परिचालन समितिले १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रमा एमालेको चुनावी प्रचारप्रचार लगायतका विषयमा आएका समस्याहरुको समाधानमा सँगै निर्वाचन आयोग, प्रशासन, सूरक्षा निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्नेछ।

यस्तै, बैठकले विभिन्न जिल्लाहरुबाट ६ जना नेतालाई प्रदेश कमिटि सदस्यमा मनोनित गरेको छ। जसमा सुर्खेतबाट कोकिला सिंह र धीरबहादुर शाही, सल्यानबाट कुलबहादुर गिरी र दानबहादुर शाही, जाजरकोटबाट बेदबहादुर शाही र दैलेखबाट वीरबहादुर रावतलाई मनोनित गरिएको केसीले जानकारी दिए।

प्रकाशित मिति : २०८२ माघ १२ गते सोमबार