सुर्खेत । नेकपा (एमाले) सुर्खेतका अध्यक्ष एवम् सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कुलमणि देवकोटाले निर्वाचन लक्षित भेटघाटलाई तिव्रता दिएका छन् । उनले आज पश्चिम सुर्खेतकाे चाैकुने गाउँपालिका लगायतका भेकका नेता, कार्यकर्ता र मतदातासँग छलफल, अन्तरक्रिया तथा भेटघाट गरेका हुन् ।
देवकाेटाले मतदातासँगकाे भेटमा पश्चिम सुर्खेतको विकासमा एमालेकाे निर्णायक भूमिका रहदै आएकाे बताए । उनले जनताको विश्वास र समर्थनले मात्र समृद्ध सुर्खेत निर्माण सम्भव हुने बताए । `अहिले मुलुक बनाउने र विनाश गर्ने बीचको चुनाव हो, ` उनले भने, ´मतदाताले विध्वंस हाेइन निर्माण गर्ने पार्टी र शक्तिलाई चिनेर मात्र समर्थन गर्नुपर्ने छ ।
उम्मेदवार देवकाेटासँगै एमाले केन्द्रीय कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज नमराज रावत, प्रदेश कमिटी सदस्य हरि खनाल, प्रदेश कमिटीका सल्लाहकार सदस्यहरू सहभागी थिए । अहिले खासगरी एमाले सुर्खेतले दुवै निर्वाचन क्षेत्रमा चुनावी अभियानलाई पार्टी पंक्तिमा केन्द्रीत गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्