सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपा एमालेकी मीनासिंह रखाल र नेपाली कांग्रेसका ललितजंग शाही विजयी भएका छन् । रखालले खसेको कुल मतमध्ये प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत पाइन । त्यस्तै शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ एक सयमत प्राप्त गरे । कर्णालीमा नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त गठबन्धन थियो । रखाल महिला र शाही अन्य कलष्टरबाट निर्वाचित भएका हुन् ।

पराजित नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अञ्जु महतराले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत प्राप्त गर्दा नेकपाकै अर्का उम्मेद्वार बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरेका छन् ।
विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा प्रदेशसभातर्फ ४० मध्ये २९ र स्थानीय तहतर्फ १५८ मध्ये १५२ मत खसेको थियो । खसेको मतमध्ये स्थानीय तहतर्फको ६ मत भने बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लालबहादुर गुरुङ्गले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्