२०८३ वैशाख ६ , आइतबार
राष्ट्रियसभा निर्वाचन

कर्णालीमा ९६ प्रतिशत मत खस्याे, ७ जना अनुपस्थित



सुर्खेत । राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार भएको मतदानमा कर्णाली प्रदेशमा ९६ प्रतिशत मत खसेकाे छ ।

कुल १ सय ९८ मतदान रहेको कर्णालीमा प्रदेशसभामा ४० मध्ये ३९ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तहका १५८ मध्ये १५२ जनाले मतदान गरेकाे प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख लालबहादुर गुरूङले जानकारी दिए ।

कर्णालीमा प्रदेशसभाका एक जना र स्थानीय तहका ६ जना मतदान अनुपस्थित रहेका छन् ।
मतदानको समय सकिएकाले अब मतगणनाकाे तयारी गरिएको छ । आज नै मतपरिणाम सार्वजनिक गर्नेगरी मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।
कर्णालीका २ सीटका लागि ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये नेपाली कांग्रेसबाट ललितजंग शाही, एमालेबाट मिनासिंह रखाल र नेपाली कम्युनिस्ट पार्टीबाट बुद्धिप्रसाद शर्मा र अञ्जु महतरा प्रतिस्पर्धामा छन् । कर्णालीमा पनि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएका कारण उनिहरूलै उम्मेदवार विजयी हुने सम्भावना छ ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार