सुर्खेत । राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा पनि मदातन सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतको प्राङ्गनमा विहान ९ बजेदेखि मतदान सुरु भएको हो । कुल एकसय ९८ जना मतदाता रहेको कर्णालीमा अहिलेसम्म प्रदेशसभा सदस्यका १९ र स्थानीय तहका २७ जना गरी कुल ३६ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत दिपक दिपक ढकालले जानकारी दिए ।

कर्णालीमा दुई सिटका लागि चार जना चुनावी मैदानमा छन् । जसमध्ये नेपाली कांग्रेसबाट ललितजंग शाही, नेकपा एमालेबाट मिनासिंह रखाल, नेपाली कम्युनिष्ट पार्टीबाट अञ्जु महत्तरा र बुद्धिप्रसाद शर्मा उम्मेद्वार छन् । कर्णाली प्रदेशमा पनि नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धन छन् ।
दिउँसो ३ बजेको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुने कार्यतालिका छ ।
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार
प्रतिक्रिया दिनुहोस्