सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ। शनिबार कर्णाली प्रदेशसभा भवनमा बसेको संसदीय दलको बैठकले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा महिलातर्फ मीनासिंह रखाल र अन्यतर्फ ललितजंग शाहीलाई मतदान गरी विजयी बनाउन सबै सरोकारवाला पक्षसँग अपिल गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा सम्पन्न बैठकले नेकपा (एमाले) को एघारौँ महाधिवेशनबाट कँडेल केन्द्रीय सचिव पदमा निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। त्यसैगरी, बैठकले माघ १८ गतेदेखि सुरु हुने कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनमा संसदीय दलका सबै सदस्यहरू सक्रिय रूपमा सहभागी भई प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्