सुर्खेत । कर्णाली प्रदेशमा आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको लागि तयारी पूरा भएको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालयको प्राङ्गनमा विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गर्नेगरी तयारी गरिएको प्रदेश निर्वाचन अधिकारी लालबहादुर गुरुङ्गले जानकारी दिए ।

कर्णालीबाट महिला र अन्य गरी दुई पदका लागि चार जनाले उम्मेद्वारी दिएका छन् । जसमध्ये नेपाली कांग्रेसका ललितजंग शाही र नेकपा एमालेका मिनासिंह रखाल उम्मेद्वार छन् ।
त्यस्तै नेपाली कम्युष्टि पार्टीबाट अञ्जु महत्तरा र बुद्धिप्रसाद शर्मा उम्मेद्वार छन् । राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र एमालेले संयुक्त गठबन्धन गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी एक्लै चुनावमा होमिएको छ । कर्णालीमा ४० जना प्रदेशसभा सदस्य र १ सय ५८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरेर कुल एक सय ९८ जना मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्