सुर्खेत । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेत क्षेत्र नं. २ का स्वतन्त्र उम्मेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार तीन वटै स्वतन्त्र उम्मेद्वारलाई चुनाव चिन्ह प्रदान गरेको जनाएको छ ।
जस अनुसार स्वतन्त्र उम्मेद्वार उदीराम चुनाराले भंगेरा चुनाव चिन्ह प्राप्त गरेको छन् । उनी वीरेन्द्रनगर–८ का स्थायी वासिन्दा हुन् ।

त्यस्तै अन्य दुई उम्मेद्वारले पनि चुनाव चिन्ह प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दिपक ढकालले जानकारी दिए । जसमध्ये कृष्ण खत्रीले कैंची चुनाव चिन्ह प्राप्त गरेका छन् । उनले पनि शुक्रबार नै चुनाव चिन्ह प्राप्त गरेका हुन् । उनी वीरेन्द्रनगर ११ का स्थायी वासिन्दा हुन् । त्यस्तै स्वतन्त्र उम्मेद्वार रमेश परियारले मुढा चुनाव चिन्ह प्राप्त गरेका छन् । उनी पनि वीरेन्द्रनगर ११ का स्थायी वासिन्दा हुन् ।
त्यस्तै दलबाट उम्मेद्वार बनेका अन्य १४ जना उम्मेद्वारलाई पनि पार्टीको चुनाव चिन्ह प्राप्त गरेका छन् । सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र सहित कुल १७ जना उम्मेद्वार छन् । शुक्रबार दिउँसो १ बजेसम्म कुनै पनि उम्मेद्वारले उम्मेद्वारी फिर्ता नलिएका कारण सुर्खेत क्षेत्र नं. २ मा १७ जना नै उम्मेद्वार कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्