सुर्खेत । कर्णाली प्रदेशसभाको आगागी बैठक गणेशचौक स्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रबर्दन प्रशिक्षण केन्द्रमा बस्ने भएको छ । जेनजी अनन्दोलनपछि प्रदेशसभाको संरचना ध्वस्त भएका कारण आगामी बैठक अस्थायी रुपमा गणेशचौकस्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रबर्दन प्रशिक्षण केन्द्रमा बस्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवत्ता समेत रहेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिए । ‘जेन्जी आन्दालेनका कारण प्रदेशसभाको सबै संरचना ध्वस्त छ’ मन्त्री शाहले भने, ‘अस्थायी रुपमा गणेशचौकस्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रबर्दन प्रशिक्षण केन्द्रमा बस्छ ।’

कर्णाली प्रदेशसभाको प्राङ्गमै अस्थायी रुपमाको प्रिफ्याप हल (साविक कार्यक्रम हल)मा नयाँ संरचना बनिरहेको छ । तर उक्त संरचना तत्कालन निर्माण सम्पन्न भइनसकेका कारण आगामी बैठक गणेशचौकस्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रबर्दन प्रशिक्षण केन्द्रमा बस्ने भएको छ ।
प्रदेशसभाको यसअघिको बैठक कक्ष भने पूर्ण रुपमा ध्वस्त भएको छ । उक्त संरचना बन्न धेरै समय लाग्ने भएपछि प्रदेशसभा सचिवालले नयाँ पहिलेको बैठक हल रहेकै स्थानमा नयाँ भवन निर्माण थालेको थियो । तर निर्माण समाग्रीको अभाव कारण उक्त भवन निर्माणमा अझै समय लाग्ने भएको छ । सोही कारण प्रदेश सरकारले प्रदेशसभाको आगामी बैठक नयाँ स्थानबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
शुक्रबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यही माघ १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्