२०८३ वैशाख ६ , आइतबार
मन्त्रिपरिषदको निर्णय

माघ १८ गते प्रदेश बैठक बोलाउन सिफारिस



सुर्खेत । यही माघ १८ गतेका लागि कर्णाली प्रदेशसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैकले माघ १८ गतेका लागि बैठक बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो । ५ महिना अघिदेखि अर्थात साउन २१ गदे कर्णाली प्रदेशसभाको बैठक स्थिगित छ ।

यसपालि प्रदेशसभा बैठक नयाँ स्थानबाट सुरु हुने छ । भदौ २४ गतेको जेन्जी आन्दोलनमा भएको आगजनी र तोडफोडका कारण प्रदेशसभाको नियमित बैठक कक्ष पूर्ण रुपमा ध्वस्त छ । सोही कारण आउँदो अधिवेशन नयाँ  स्थानबाट सुरु हुने छ ।
प्रदेशसभा बैठकका लागि झण्डै १३ लाख रुपैयाँ खर्च गरेर प्रदेशसभा सचिवालयले अस्थायी रुपमा नयाँ भवन बनाउन सुरू गरेकाे छ । तर उक्त भनव अझै निर्माण सकिएकाे छैन। साेही कारण प्रदेशसभा बैठक नयाँ स्थानबाट सुरू हुने छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार