२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधिसभा निर्वाचन २०८२

सुर्खेतमा एमालेलाई कमब्याकको अबसर



सुर्खेत । आसन्न प्रतिनिधिसभाका लागि नेकपा एमालेले सुर्खेतका दुबै वटै क्षेत्रमा उम्मेद्वारी दिएको छ । क्षेत्र नं. १ मा ध्रुवकुमार शाही र क्षेत्र नं. २ मा कुलमणि देवकोटालाई उम्मेद्वार बनाएको हो । दुबै उम्मेद्वारले आज चुनाव चिन्ह प्राप्त गर्दै छन् ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमालेले सुर्खेतका दुइ वटै क्षेत्र गुमाएको थियो । क्षेत्र नं. १ ध्रुवकुमार शाही र क्षेत्र नं. २ मा अमृतबहादुर विसीले चुनाव हारेका थिए । उ बेला दुइ वटै क्षेत्रमा नेपाली कांग्रेसले बिजय हात पारेको थियो ।
क्षेत्र नं. १ मा कांग्रेसका सदाबहार उम्मेद्वार पूर्णबहादुर खड्का र क्षेत्र नं. २ मा पनि हृदयराम थानीले चुनाव जितेका थिए । भलै त्यो समयमा नेपाली कांग्रेसलाई तत्कालीन नेकपा माओवादी केन्द्रको साथ पाएको थियो । उ बेला कांग्रेस र माओवादीबीच चुनावी तालमेल हुँदा कांग्रेसका उम्मेद्वारहरुले सहज जीत निकोलेका थिए ।


जसबेला खड्काले शाहीलाई ११ हजार ६ सय १९ मतको अन्तरले पराजित गरेका थिए । खड्काले कुल ४२ हजार ६ सय ७ मत ल्याएर विजयी हुँदा शाहीले जम्मा ३० हजार ९ सय ८८ मत ल्याएका थिए । त्यो बेला कांग्रेसका खड्काले ल्याएको मत माओवादीको समेत हो । यसपालि तत्कालीन माओवादी केन्द्र र हालको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक्लै मैदानमा उत्रिएको छ । जसका कारण नेकपाले आफ्नो उम्मेद्वारलाई नै मत माग्ने थालेको छ । जसका एमालेले यसपालि कमजोर प्रतिस्पर्धी पाएको छ । उदाबहार उम्मेद्वार पूर्णबहादुर खड्का ब्याक भएपछि उनकै भाई विष्णुबहादुर खड्काले उनै शाहीसँग प्रतिस्पर्धा गर्दै छन् ।
यसअघि दुई वटा निवाचनमा आमन्ने सामन्नय भएका पूर्ण–ध्रुबले एकपटक जीत र एक पटक हार बेहोरेका थिए । तर यसपालि तुलनात्मक रुपमा ध्रुवले कमजोरी प्रतिस्पर्धी पाएका छन् । विष्णुको अनुहारमा पूर्णकै छाया देखिएपनि ध्रुवका लागि सहज अवस्था हो । यसकारण क्षेत्र नं. २ मा पनि एमालेलाई यसपालिका पुनरागमन अर्थात कमब्याकको अवसर मिलेको छ ।
क्षेत्र नं. १ मा जस्तै क्षेत्र नं. २ मा पनि एमालेले कमब्याक गर्न अवसर पाएको छ । यसपालिका एमाले र कांग्रेसबाट नयाँ अनुहार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट नारायणकुमार कोइराला र एमालेबाट कुलमणि देवकोटा प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनलाई तुलना गर्दा क्षेत्र नं. २ मा यसपालिका एमालेलाई कमब्याकको अवसर छ ।


२०७९ को निर्वाचनमा कांग्रेसका हृदयाराम थानी र एमालेका अमृतबहादुर विसीबीच प्रतिस्पर्धा भएको थियो । त्यो बेला थानीले कुल ३४ हजार ६ सय २५ मत ल्याएर विजयीहुँदा विसीले २९ हजार ५ सय ५८ मत ल्याएका थिए । तुलनात्मक थानीको भन्दा विसी कमजोर उम्मेद्वार थिए । पहिलो पटक संसदीय निर्वाचनमा भिडेका विसीलाई एकालेभित्रकै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल गुटले असहयोग गरेको चर्चा चलेको थियो । जसमा पनि अहिलेकै उम्मेद्वार कुलमणि देवकोटा, एमाले पश्चिमका नेता घनश्याम पाण्डेल लगायतले सहयोग गरेको चर्चा चलेको थियो । उसो त सुर्खेतमा नवराज रावतले नेतृत्व गरिएको एउटा गुट र यामलाल कँडेलले नेतृत्व गर्दै आएको अर्काे गुटबीच पानी बाराबरको अवस्था छ । एक हिसावले भन्दा सुर्खेतमा एमालेलाई यही गुटगत राजनीतिले बिगारेको छ ।
तर समय पहिलेको भन्दा सहज छ । लामो समयदेखि वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्दै आएको तत्कालीन झुप्रा बृहत र हालको सुर्खेत उपत्यका खानेपानीको नेतृत्व गर्दै आएका कुलमणि नागरिकसँग प्रत्यक्ष भिजेनका छन् । कुलमणिले जित्ने अर्काे बलियो आधार यसपालि पश्चिबाट बलियो पकड बनाएका तर कुनै समय एमालेबाटै भगौडाको आरोप खेपेका मोहनसिंह बडुवालको बलियो साथ पाएका छन् । केही समय एमाले छोडेर तत्कालीन नेकपा एकीकृत समाजवादी सुर्खेत जिल्लाको नेतृत्व गर्दै आएका बडुबाल चोक्टा खाना आएकी बुढी झोलमा डुबेर मरिने डरले फेरि एमालेमै फर्किएका छन् । २०७९ को निर्वाचनमा त उनै बडुवाल प्रदेशसभा निर्वाचनमा भिडेका थिए । जतिबेला प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै पटक भएको थियो । त्यो समयमा पनि बडुवालले ६ हजार २ सय ९ मत ल्याएका थिए । यो मतपनि यसपालि कुमणिकै पोल्टामा पर्ने छ । किनकि बडुवाल अहिले कँडेल कुगटका एक बलिया खम्बा हुन् । त्यसमा पनि कँडेलका विश्वासपात्र कुलमणिलाई निर्वाचनमा पूर्ण रुपमा सहयोग गरेर बिजयी गराउनु बडुवालको धर्म हो ।


हुन त पश्चिमबाट एक जना प्रभावशाली नेताले एमालेको साथ छोडेका छन् । पश्चिम सुर्खेतमा राम्रै पकड बनाएका हरिप्रसाद अधिकारी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् । यसपालि प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने तयारी गरेका अधिकारीको एक भिडियो काण्डले ब्याक हुनु परेको छ । आफू ब्याक हुनु परेका कारण अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रमेशकुमार सापकोटलाई असहयोग गर्ने चर्चा पनि बजारमा छ । तर कतिपयले उक्त भिडियो एमालेकै उम्मेद्वार कुलमणि देवकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयसम्म पु¥याई चर्चाका कारण अधिकारीले देवकोटालाई सहयोग गर्ने अवस्था देखिदैन । यस हिसावले पनि सापकोटालाई नै सहयोग गरेर अगाडि बढ्नु अधिकारीका लागि धर्म हुने छ ।
उसो त कांग्रेसलाई पनि वीरेन्द्र्रनगरमा घाटा छ । २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा थानीलाई सघाएका उनै नेता रमेशकुमार सापकोटा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार छन् । कतिपयले सापकोटाले कांग्रेसकै मत काट्ने चर्चा गर्न थालेका छन् । यस हिसावले पनि कुलमणिलाई चुनाव जित्न सहज देखिन्छ । यदि एमाले सुध्रियो भने सुर्खेतमा दुबै क्षेत्रमा कमब्याक गर्ने अवसर मिलेको छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार