सुर्खेत । आसन्न प्रतिनिधिसभाका लागि सुर्खेतमा झण्डै साढे दुई लाख मतदाताले भोट हाल्न पाउने भएका छन् । फागुन २१ गते हुने निर्वाचनमा सुर्खेतका कुल २ लाख ४८ हजार ९ सय ४३ जना मतदाताले भोट हाल्न पाउने भएका हुन ।
स्थानीय तह अनुसार वीरेन्द्रनगरमा सबैभन्दा बढी मतदाता छन् । वीरेन्द्रनगरमा मात्रै ७१ हजार ८ सय ४० मतदाता छन् । यी सबै मतदाताले निर्वाचनमा मतदान गर्न पाउने छन् ।

तस्तै गुर्भाकोट गरपालिका ३५ हजार ६ सय ९० जना, भेरीगंगा नगरपालिकामा ३२ हजार ७ सय ९४ जना र सिम्ता गाउँपालिकामा १८ हजार ६ सय ७५ जना मतदाता छन् ।
त्यस्तै लेकवेशी नगरपालिकामा २२ हजार १ सय ४० जना, चिङ्गाड गाउँपालिकामा १० हजार ८ सय २५ जना र चौकुने गाउँपालिकामा १५ हजार ९ सय ५८ जना मतदाता छन् ।
त्यस्तै पञ्चपुरी नगरपालिकामा २३ हजार २ सय ५ जना र बराहताल गाउँपालिकामा १७ हजार ८ सय १६ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्